रावाबेँसी गाउँपालिकामा बर्थिङ सेन्टरको स्थापना
नेपालबहस संवाददाता
फागुन २, २०७७ आइतबार १८:१२:४५
२ फागुन,खोटाङ । रावाबेँसी गाउँपालिकामा पाँचौँ बर्थिङ सेन्टर (प्रसूति गृह) स्थापना गरिएको छ । छ वडा रहेको उक्त गाउँपालिकाको वडा नं ४ डुम्रेधारापानीमा नयाँ भवन निर्माण गरेर बर्थिङ सेन्टर सेवा शुरु गरिएको हो ।
‘वानहर्ट वल्डवाईड’ नामक संस्था र गाउँपालिकाको सहकार्यमा भवन निर्माण गरेर स्थापना गरिएको बर्थिङ सेन्टर गाउँपालिका प्रमुख लीलानाथ निरौलाले उद्घाटन रेका छन् । वानहर्टको ६२।३ प्रतिशत र गाउँपालिकाको ३७।७ प्रतिशत गरी रु १७ लाखमा चार कोठे भवन निर्माण गरेर बर्थिङ सेन्टर स्थापना गरिएको हो ।
बर्थिङ सेन्टरका लागि सुत्केरी गराउने, स्वास्थ्यकर्मी बस्ने, बेटिङमा बस्ने र सभाहलसहितको चार कोठे भवन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । नयाँ भवन, बर्थिङ सेन्टरका लागि आवश्यक उपकरण, जनशक्ति एवं औषधिको व्यवस्था गरेर बर्थिङ सेन्टर स्थापना गरिएको वडाध्यक्ष ज्ञानुराज पाण्डेले जानकारी दिनुभयो । वानहर्टले सुत्केरी गराउन आवश्यक पर्ने बेडदेखि अन्य आवश्यक उपकरण उपलब्ध गराएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार