किसानलाई गाईपालनमा प्रोत्साहन गर्दै नगर
नेपालबहस संवाददाता
फागुन २, २०७७ आइतबार २०:२८:१०
२ फागुन,इलाम । इलाम नगरपालिकाले किसानलाई गाईपालनमा प्रोत्साहन गर्न अनुदानमा गाई दिएको छ । नगरलाई दूध उत्पादनमा स्वभालम्बी बनाउन गाई वितरण गरेको हो । नगरका १२ वडामध्ये ११ वडाका ११० किसानलाई गाई दिएको हो । इलाम बजार क्षेत्रमा पर्ने वडा नंं ७ मा भने नगरले गाई नदिएको हो । वटा वडाका ११० जना किसानलाई रु २७ लाख ५० हजार बराबरको गाई पालनका लागि अनुदान दिएको छ ।
प्रत्येक वडामा १०÷१० जनाको दरले किसानलाई ५० प्रतिशतको दरले अनुदान दिइएको नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले बताएका छन् । किसानले कम्तिमा रु ५० हजारको गाई खरीद गर्नुपर्ने र त्यसको ५० प्रतिशतले हुन आउने रकम रु २५ हजार नगरपालिकाले किसानलाई प्रदान भुक्तानी गरेको पनि उनले बताए ।
नगरले बजार क्षेत्रमा मात्रै विकासका काम गर्दै आएको भन्दै आलोचना हुन थालेपछि गाईपालनको कार्यक्रममार्फत सबै वडालाई समेटेको हो । किसानले गाई खरीद गरेर बीमासमेत गरेपछि नगरपालिकाले अनुदान रकम किसानलाई दिने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
मंसिर ७, २०८१ शुक्रबार
माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित
मंसिर ६, २०८१ बिहिबार
तनहुँमा बीस रोपनी जमिनमा रायो सागखेती
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार