गोतामे पत्रकारिता पुरस्कारबाट थापा सम्मानित
नेपालबहस संवाददाता
फागुन २, २०७७ आइतबार २०:३६:११
२ फागुन,पर्सा । दशौँ गोतामे पत्रकारिता पुरस्कारबाट कञ्चनपुरका अग्रज पत्रकार चित्राङ्ग थापालाई सम्मान गरिएको छ । स्व गोपालचन्द्र गौतम प्रतिष्ठानले आज वीरगन्जमा एक कार्यक्रमको अयोजना गरी पत्रकार थापालाई सम्मान गरेको हो ।
विगत तीन दशक भन्दा बढी समयदेखि सुदूरपश्चिममा रही सामुदायिक पत्रकारिताका माध्यमले राष्ट्रिय रुपमै ख्याती कमाएका पत्रकार थापालाई एक तोला सुनको पदक र प्रमाणपत्रसहित वरिष्ठ समाज सेवी मुर्लीधर रुङ्गटाले सम्मानित गरेका हुन् । सम्मानित पत्रकार थापालाई पुरुस्कार वितरण गर्दै वरिष्ठ समाजसेवी रुङ्गटाले जनमुखी, विश्वश्नीय र निष्ठापूर्वक समाजको हितमा पत्रकारिता गर्ने थापालाई सम्मानित गरी आफु स्वयम् सम्मानित भएको धारणा व्यक्त गरेका थिए ।
उनले जनमुखी पत्रकारिताले राष्ट्र र समाज दुवैलाई फाइदा पु¥याउने भएकाले त्यस बाटोमा सबै पत्रकार हिँड्न आवश्यक रहेको विचार व्यक्त गरेका थिए । प्रतिष्ठानका अध्यक्ष जगदीश शर्माको अध्यक्षतामा सम्पन्न भएको पुरस्कार वितरण समारोहलाई उद्योग वाणिज्य सङ्घ प्रदेश नं २ का अध्यक्ष गणेश लाठ, नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहान, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी, नेपाली काँग्रेस पर्साका अध्यक्ष अजयकुमार द्विवेदी, निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, वरिष्ठ पत्रकार चन्द्रकिशोर झालगायतका वक्ताले पाँच दशक अगाडि न्यूनसाधन स्रोतकै आधारमा गोपालचन्द्र गौतमले निर्भिक जनताको पक्षमा पत्रकारिता गरेको चर्चा गरेका थिए ।
राजाको प्रत्यक्ष शासनकालमा खाइरहेको सरकारी जागिर छाडी प्रजातन्त्र र समाजवादको पक्षमा विगुल फुक्दै जनताका समस्यालाई तत्कालीन राज्यसत्तासम्मा पु¥याउन गोपालचन्द्र गौतमले खेलेको भूमिका अत्यन्त प्रशंसा योग्यता र सञ्चारकर्मीले अनुशरण गर्नेलायक भएको वक्ताले धारणा व्यक्त गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार