नयाँबसपार्कदेखि–कुलेश्वर करिडोर कालोपत्रे

नेपालबहस संवाददाता
फागुन ३, २०७७ सोमबार १६:२:५४

३ फागुन,काठमाडौं । काठमाडौंको नयाँबसपार्कदेखि कुलेश्वरसम्म विष्णुमति करिडोर कालोपत्रे गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले विष्णुमति नदी किनारामा पर्खाल लगाउने तथा कालोपत्रेको काम शुरु गरेको हो ।
काठमाडौंको नयाँ बसपार्कदेखि कुलेश्वरसम्मको सडक मर्मत तथा कालोपत्रेको जिम्मा पाएको सिएम–पिआर जेभी निर्माण सेवाले नदी वरपर नयाँ पर्खाल लगाउने तथा कालोपत्रे गर्ने काम धमाधम गरिरहेको छ । निर्माण सेवाका इञ्जिनीयर महेश्वर खड्काले विसं २०७८ जेठ ७ गतेभित्र सम्पन्न गर्ने गरी नयाँबसपार्कदेखि कुलेश्वरसम्मको ३।५ किलोमिटर सडक निर्माण कार्य भइरहेको बताएका छन् ।
उक्त सडक कालोपत्रेसँगै टोखादेखि नयाँ बसपार्क, बालाजु, शोभाभगवती हुँदै कालीमाटीसम्म सवारी आवतजावतमा सहज हुनेछ । नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक सर्वेन्द्र खनालले विसं २०७६ चैत २१ गते उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रणका लागि कार्ययोजना तयार गर्दै उपत्यकाका मुख्य खोला किनारामा करिडोर निर्माणको काम अगाडि बढाएका थिए ।
सोही समयमा विष्णुमति करिडोरसँगै बालकुमारी पुल, गोपीकृष्ण पुल र भत्केको पुलमुनिको करिडोरसमेत सञ्चालनमा ल्याइएको थियो । नयाँबसपार्क–कुलेश्वर करिडोर निर्माणका लागि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको रु १३ करोड ४९ लाख २५ हजार ५४६ रकम खर्च हुनेछ । उक्त करिडोरमा नयाँ बसपार्क, शोभाभगवती, डल्लु, कुलेश्वरमा चारवटा अण्डरपास हुनेछन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव पुण्यप्रसाद ९सरोज० सिटौलाले नेपालको राष्ट्रिय बसपार्क क्षेत्रमा हुने सवारी जाम कम गर्न करिडोरले महत्वपूर्ण सहयोग पुग्ने बताएका छन् । “करिडोर निर्माणसँगै विष्णुमति करिडोरका सडकमा हुने सवारी जाममा कमी आउँछ”, उनले भने । यातायात व्यवस्था विभागका अनुसार हाल नेपालभर ३५ लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् भने काठमाडौँ उपत्यकामा मात्र १२ लाखभन्दा बढी सवारी साधन सञ्चालनमा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकरिब ३३ हजार वर्गमिटरमा ढुंगा विछ्याउँदै छ काठमाडौं महानगर
फागुन ९, २०८१ शुक्रबार
लदी पर्वमा माझी समुदायलाई सार्वजनिक बिदा
फागुन ९, २०८१ शुक्रबार
बागमती प्रदेशसभाः विधेयक छलफलका लागि समितिमा पठाइयो
माघ २६, २०८१ शनिबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
देशका केही भागमा वर्षा र हिमपातको सम्भावना
फागुन १४, २०८१ बुधबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार
आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
फागुन १४, २०८१ बुधबार
पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति
फागुन १४, २०८१ बुधबार
आज महाशिवरात्री, भगवान शिवको पूजा गरी मनाइँदै
फागुन १४, २०८१ बुधबार