राखेपको सहयोगमा गण्डकी प्रदेशमा खेल पूर्वाधार निर्माण
नेपालबहस संवाददाता
फागुन ३, २०७७ सोमबार १६:१४:३९
३ फागुन,कास्की । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले गण्डकी प्रदेशका विभिन्न जिल्लामा नौ खेल पूर्वाधार निर्माणका लागि सम्झौता गरेको छ । राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र सम्बन्धित उपभोक्ता समितिका बीचमा आइतबार पोखरामा सम्झौता भएको हो ।
बजेट कार्यक्रममा परेका पूर्वाधार निर्माणका लागि यसअघि राजधानी गएर सम्झौता गर्नुपर्नेमा यसपटक सम्बन्धित प्रदेशमै निर्माण सम्झौता कार्यक्रम गरिएकाले उपभोक्ता समितिलाई सहज भएको राखेपले जनाएको छ । कास्कीसहित पर्वत, लमजुङ, तनहुँ, म्याग्दी, गोर्खालगायतका जिल्लामा नौवटा पूर्वाधार निर्माणका लागि स्थानीय उपभोक्ता समितिसँग रु एक करोड ९५ लाख बराबरको सम्झौता गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले बताएका छन् ।
पोखराको ज्येष्ठ नागरिक बहुउद्देश्यीय कभर्डहल निर्माणका लागि राखेपले रु ५० लाख उपलब्ध गराउने भएको छ । रु ५५ लाख ६३ हजार ८६ लागत अनुमान रहेकामा बाँकी रकम समितिले व्यहोनुपर्ने सम्झौतामा उल्लेख छ । लमजुङको राइनास नगरपालिका–६ स्थित गौलीटार रङ्गशाला निर्माणका लागि राखेपले रु ५० लाख उपलब्ध गराउने भएको छ । सो रङ्गशालाको लागत अनुमान रु ५५ लाख ९२ हजार १६१ छ ।
लमजुङ कभर्डहल निर्माणका लागि रु १० लाख, म्याग्दीको बेनी रङ्गशाला निर्माणका लागि रु १० लाख, पर्वतको कुश्मा कभर्डहल निर्माणका लागि रु १० लाख, तनहुँको चिन्टुटार रङ्गशाला निर्माणका लागि रु १० लाख, म्याग्दीको रत्नेचौर बहुउद्देश्यीय खेल मैदानका लागि रु १० लाख, बागलुङमा मदन भण्डारी कभर्डहल निर्माणका लागि रु १० लाख र गोरखा रङ्गशाला स्तरोन्नतिमा रु १० लाख उपलब्ध गराउने गरी सम्झौता गरिएको छ ।
सम्झौतामा सम्बन्धित उपभोक्ता समितिले तोकिएको काम आगामी विसं २०७८ वैशाख मसान्तभित्र सम्पन्न गरी सक्नुपर्ने छ । सम्झौता कार्यक्रमका अवसरमा राखेप सदस्यद्वय राजेशकुमार गुरुङ र रेनुका श्रेष्ठ, विभागीय प्रमुखद्वय कुलबहादुर थापा र अर्जुन विक सहभागी भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
टेबलटेनिसमा नेपालले साउदीलाई हरायो
कात्तिक ११, २०८१ आइतबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
मिर्गौलापीडित वडाध्यक्ष साहको निधन
कात्तिक ३०, २०८१ शुक्रबार
दार्चुला दुर्घटनामा मृतकको संख्या ७ पुग्यो, ६ जनाको अवस्था गम्भीर
कात्तिक ३०, २०८१ शुक्रबार
छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
कात्तिक ३०, २०८१ शुक्रबार
दार्चुलामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, अन्य ६ घाइतेको अवस्था गम्भीर
कात्तिक ३०, २०८१ शुक्रबार
पहाडी भागमा मौसम सफा रहने, तराईमा बाक्लो हुस्सु
कात्तिक ३०, २०८१ शुक्रबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
कात्तिक ३०, २०८१ शुक्रबार