प्रवासी नेपाली एकता मञ्च पोर्चुगलको संयोजकमा लिम्बू
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
फागुन ३, २०७७ सोमबार १७:४३:१४
![](https://nepalbahas.prixacdn.net/media/albums/portugal-prabasi-nepali-ekata-manch_l6z6M7gouy.jpg)
३ फागुन,पोर्चुगल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य डा राजन भट्टराईले मुलुकको आर्थिक विकास र समृद्धिका लागि ताजा निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन् । प्रवासी नेपाली एकता मञ्च पोर्चुगलको भर्चुअल विशेष भेलाको उद्घाटन कार्यक्रममा उनले राजनीतिक स्थायित्व र समृद्धिको अभियानलाई पूरा गर्न ताजा जनादेशमा जान खोजिएको स्पष्ट पारेका थिए ।
प्रतिनिधिसभा विघटन रहर नभई बाध्यता भएको उल्लेख गर्दै निर्वाचनलाई सफल पार्न प्रवासी नेपाली सबैको साथ र सहयोग अपरिहार्य हुनेमा उनले जोड दिएका थिए । कार्यक्रममा प्रवासी नेपाली मञ्च युरोपका पूर्वउप संयोजक पुष्पराज तिमिल्सिनाले प्रवासी नेपालीको समस्यामा केन्द्रित भएर लाग्नुपर्ने बताएका छन् । नेपालमा पछिल्लो समय प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटनसँगै नेकपामा देखिएको विवाद देखिएपछि विभिन्न कमिटी दुई भागमा विभाजन हुन थालेका छन् । यसै क्रममा प्रधानमन्त्रीको कदमलाई स्वागत गर्दै राष्ट्रिय नयाँ समिति विस्तार गरिएको छ ।
मदन लिम्बूको संयोजकत्वमा १२५ सदस्यीय विस्तारित कमिटी चयन गरिएको छ । गठित कमिटीको उपाध्यक्षमा राजाराम लामिछाने, अमृत रिजाल, धनिराम पौडेल, एस तिमिल्सिना र दयासागर लामिछाने, महासचिवमा दीपक खत्री, उपमहासचिवमा मिलन रेग्मी र एस अधिकारी सचिवमा पि गिरी, शिवसागर बुढाथोकी, राजेन्द्रप्रसाद डुम्रे, यानी कँडेल, सुदीप विश्वकर्मा र विक्रम रिमाल रहेका छन् ।
कोषाध्यक्षमा एस शर्मा, सहकोषाध्यक्षमा अनिता केसी र नविन थापा, अलेन्तेजो इञ्चार्जमा धर्मराज बराल तथा आल्गार्भ इञ्चार्जमा चक्रपाणि बस्याल चयन भएका छन् । प्रवासी नेपाली एकता मञ्च पोर्चुगलका अध्यक्ष गोविन्द पौडेलको अध्यक्षता भएको भर्चुअल बैठकमा प्रवासी नेपाली एकता मञ्च स्पेनका अध्यक्ष हेम शेर्पा, बेलायतका अध्यक्ष भक्त गुरुङ, अमेरिकाका अध्यक्ष प्रभु थापा, अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे, कतारका अध्यक्ष चानक पोखरेल, बेल्जियमका अध्यक्ष बोधराज पौडेल, जर्मनीका अध्यक्ष चन्द्रकान्त आचार्य, गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका महासचिव हेमराज सुवेदी, प्रवासी नेपाली ल मञ्च पोर्चुगल पूर्वअध्यक्षहरु बालाराम विक, बलराम पाठक र सुभाषचन्द्र अधिकारी तथा मदन भण्डारी स्पोट्र्स एकेडेमी पोर्चुगलका अध्यक्ष अमृत रिजालले नवगठित कमिटीको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब अबुधाबीबाट पनि श्रम स्वीकृति
फागुन २, २०८१ शुक्रबार
सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनी
माघ २२, २०८१ मंगलबार
आगामी वैशाखमा एनआरएनएको दशौँ एकता महाधिवेशन काठमाडौंमा हुने
माघ १४, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार