म्युजिकल फिल्म ‘आमा कहाँ खोजुँ ?’ को ट्रेलर सार्वजनिक
नेपालबहस संवाददाता
फागुन ३, २०७७ सोमबार १७:३८:१८
३ फागुन, काठमाडौं । म्युजिकल फिल्म ‘आमा कहाँ खोजुँ ? को ट्रेलर आइतवार सार्वजनिक गरिएको छ । सामाजिक सञ्जाल युट्युबबाट सार्वजनिक गरिएको म्युजिकल फिल्म ‘आमा कहाँ खोजुँ ? मा नेरिस्का स्थापित, रवि मैनाली, सारिका ढकाल र श्रृष्टि थापा मगरको अभिनय रहेको छ ।
कथामा अनाथ आश्रममा हुर्किरहेकी १० बर्ष कि छोरीले जन्म दिने आमाको खोजी गरेको वर्णन गरिएको छ । जन्म दिने आमाले विविध कारण र बिबश्ताले आफ्नो नबजात शिशुलाई फाल्न बाध्य रहेको फिल्ममा छ ।
अनाथ अश्राममा रहेकी छोरीले जब बिस्तारै ठुली हुदै जान्छे जन्म दिने आमाको बारेमा सोच्न थाल्छे । उनलाई भेट्न् मन लाग्छ । जस्तो सुकै भए पनि एक चोटी भेट्न पाए हुन्थ्यो भन्ने चाहाना बढ्न थाल्छ । आश्रममा कर्म दिने आमा भए पनि उनलाई जन्म दिने आमाको अभाब खट्की राखेको हुुन्छ, फिल्मले कथा बोलेको छ ।
एक दिन अचानक, आफु सानो छदाँ खोलाको किनारमा छोडेर भागेको सपना देख्छे, व्युँझिन्छे । उनलाई अझ बेशी आमाको आवश्यक्ता महशुश गर्छे । आमाको खोजि गर्छे । यसमा छोरीको धारणाबाट, छोरीले कथालाई प्रस्तुत गरेको छ । ‘आमा कहाँ खोजुँ ? नेपाली समाजमा देखिने हजारौ निर्दोष र अबोध अनाथ बालबालिकाहरुको कथा हो ।
आमाको अभावमा हुर्किरहेका बालबालिकाहरुको लुकेका पिडाहरु, बनावटी खुशीहरु, आघातित बाल मनोविज्ञान र जिबनमा आमाको महत्वलाई प्रकाश पार्न खोजिएको छ । हजारै शिशु अनाथ हुनुमा एउटी आमा भन्दा हाम्रो समाज दोषी पो हो कि ? अपराधी हो कि ?
राज्यको नीतिले एकल पहिलामा कानुन असहज हुनुको पछाडी केही हद सम्म राज्य पनि दोषी हो कि ?
भन्ने प्रश्न फिल्मले पैदा गर्छ । फिल्ममा अशोक थापा मगरको संगीत र शब्द रहेको छ । फिल्मको गीतलाई गिताञ्जली थापा मगरले गाएकी छन् । संगीतमा राजु थापा मगर पनि आवद्ध छन् । दीपक बज्राचार्यले खिचेको फिल्मलाई अशोक थापा मगरले नै निर्देशन गरेका छन् । फिल्मका निर्माता टेक बहादुर थापा र राजु थापा हुन् ।
https://youtu.be/SuStBHCEF3o
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार