वासु रिमाल ‘यात्री’ पुरस्कार झा र दाहाललाई
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
फागुन ३, २०७७ सोमबार २३:१७:५३
![](https://nepalbahas.prixacdn.net/media/albums/RSS-1_fiUcpeWo0Y.jpg)
३ फागुन,काठमाडौं । विसं २०७७ को वासु रिमाल ‘यात्री’ पुरस्कार राष्ट्रिय समाचार समिति ९रासस० प्रदेश–२ कार्यालय जनकपुरमा कार्यरत वरिष्ठ समाचारदाता प्रभाषचन्द्र झा र केन्द्रीय कार्यालयमा कार्यरत कार्यालय सहयोगी खिलप्रसाद दाहाललाई प्रदान गरिने भएको छ ।
राससको ६०औँ वार्षिकोत्सवका अवसरमा फागुन ७ गते राजधानीमा आयोजना गरिने कार्यक्रममा पुरस्कार वितरण गरिने रासस कर्मचारी सङ्घले जनाएको छ । दुवै पुरस्कारको राशि रु पाँच हजार एक र सम्मानपत्र रहेको छ । रासस हीरक वर्ष प्रवेशका अवसरमा सङ्घका संस्थापक अध्यक्ष वासु रिमालकी धर्मपत्नी शारदा रिमाललाई पनि विशेष सम्मान गर्न लागिएको अध्यक्ष मनोजकुमार लामिछानेले बताएका छन् ।
रिमालको नेतृत्वमा सङ्घको स्थापना विसं २०४७ मा भएको हो । पुरस्कार स्थापनाका लागि वासु रिमालकी धर्मपत्नी शारदाले आर्थिक सहयोग गरेको सङ्घले जनाएको छ । राससको वार्षिकोत्सवका अवसरमा प्रत्येक वर्ष समितिमा कार्यरत कर्मचारीलाई पुरस्कार वितरण गरिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रकृतिका बुवा भन्छन् : मैले छोरी गुमाए, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्
फागुन ६, २०८१ मंगलबार
तीनवर्षदेखि चिस्यान घर निर्माण रोकियो
फागुन ६, २०८१ मंगलबार
ज्येष्ठ नागरिकलाई निःशुल्क दन्त उपहार
फागुन ६, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार