घुस लिएको अभियोगमा वाणिज्यका नायब सुब्बा पक्राउ
नेपालबहस संवाददाता
फागुन ३, २०७७ मंगलबार ३:१५:३४
३ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायब सुब्बा नरेन्द्र चन्दलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार एक सेवाग्राहीलाई शेयर पूँजी बढाएको प्रमाणपत्र लिनका लागि लेखापढी व्यवसायीमार्फत रु आठ हजार घुस मागेको अभियोगमा पक्राउ गरिएको हो । लेखापढी व्यवसायी रामबाबु दाहालले कर्मचारीलाई मिलाउनुपर्छ भन्दै घुस दिन भनेका थिए ।
आयोगको टङ्गालबाट गएको टोलीले घुस रकमसहित नायब सुब्बा चन्द र लेखापढी व्यवसायी दाहाललाई विभाग परिसरबाटै पक्राउ गरेको हो । आयोगका प्रवक्ता रिसालका अनुसार आइतबार उनीहरु पक्राउ परेको भए पनि अनुसन्धान जारी रहेकाले आज सार्वजनिक गरिएको हो । आयोगले उनीहरुको थप अनुसन्धान गरिरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
लमजुङकाे पर्यटकीय घलेगाउँ
पुष ७, २०८१ आइतबार
जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, केहीमा आंशिक क्षति
पुष ७, २०८१ आइतबार
जङ्गल सफारीमा पर्यटक
पुष ७, २०८१ आइतबार
प्रहरीले रवि लामिछानेलाई अदालत उपस्थित गरायो, मुद्दा दर्ता गर्ने तयारी
पुष ७, २०८१ आइतबार