दुर्लभ केसीको ‘ज्यानमारा मुस्कान’ सार्वजनिक
नेपालबहस संवाददाता
फागुन ४, २०७७ मंगलबार १७:१६:५७
४ फागुन, काठमाडौं । गीतकार दुर्लभ केसीको शब्दमा लोक स्टार विजेता गायक शनि विश्वकर्मा र समीक्षा अधिकारीको युगल गायनमा समावेश ‘ज्यानमारा मुस्कान बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
प्रेमिल शैलीको यस गीतमा आशिष अविरलको संगीत र संगीत संयोजन रहेको छ। युवा युवती बिचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यस गीतको म्युजिक भिडियोमा नायक पल शाह र स्वस्तिमा खड्काको धमाकेदार नृत्य देख्न सकिन्छ।
सुबोल थापाले कोरियोग्राफी गरेको यस गीतको भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन। भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ। भरत बहादुर बस्नेत र दुर्लभ केसी निर्माता रहेको यस भिडियोलाई गम्भीर बिस्टको निर्देशनमा भिडियो तयार पारिएको हो।
दाङ जिल्लामा रहेर आफ्नो सिर्जना यात्रालाई अघि बढाइरहेका गीतकार केसीको शब्दमा रहेको यसअघि झुम्का झलक्कैु गीत दर्शक स्रोता माझ लोकप्रिय छ। भर्खरै सार्वजनिक म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन गीतकार केसीले सम्पूर्ण दर्शक, स्रोतालाई आग्रह गरेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगायक सुशान्त केसी भक्तपुरको ग्राउन्डमा गुञ्जिने पक्का !
माघ ७, २०८१ सोमबार
हनी सिंहको कन्सर्टको टिकट १० मिनेट मै सबै बिक्री
पुष २८, २०८१ आइतबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
ऋण लिएको स्वीकार गरेपछि रविलाई आफ्नै बयान भयो गलपासोः यस्तो छ अभियोग पत्र
माघ ७, २०८१ सोमबार
शक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
राष्ट्रपतिको सपथ लिँदै ट्रम्पले भने– म सधैं अमेरिकालाई प्राथमिकता दिनेछु
माघ ८, २०८१ मंगलबार
वडाध्यक्षको पहलमा कार्यालय परिसरमा फूलबारी
माघ ८, २०८१ मंगलबार
देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै
माघ ८, २०८१ मंगलबार
रूकुमको एउटै पालिकाबाट ६ करोडको अदुवा बिक्री
माघ ८, २०८१ मंगलबार
रुख कटान नहुँदा मदन भण्डारी राजमार्ग निर्माण प्रभावित
माघ ८, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ ८, २०८१ मंगलबार