पर्यटन गन्तव्यस्थलमा बर्दियाबाट चार स्थल छनोट
नेपालबहस संवाददाता
फागुन ४, २०७७ मंगलबार २०:१७:४०
४ फागुन,बाँके । पर्यटन पूर्वाधार तथा पर्यटकीय सम्पदाको विकास तथा प्रर्वद्धन गर्ने उद्देश्यले देशभरबाट २०० गन्तव्यस्थल छानिएकामध्ये बर्दियाबाट चार स्थल छनोट भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका पालिकाको समन्वयमा विभिन्न परियोजना र आयोजना छनोट गरेको हो ।
बर्दियाबाट छनोट भएका चार आयोजनामा बढैयाताल गाउँपालिका–५ मा रहेको बढैयातालको पूर्वाधार विकास, गेरुवा गाउँपालिकाको शहीद स्मृतिपार्क, ठाकुरबाबाको बलाती जैविक मार्ग पार्क र राजापुरको कोठीयाघाट वनभोज स्थल रहेका छन् । बढैयातालको पूर्वाधार विकास निमार्णका लागि अनुमानित लागत रु पाँच करोड रहेको छ । निमार्णका लागि मन्त्रालयले रु तीन करोड ५० लाख सहयोग गर्नेछ भने बढैयाताल गाउँपालिकाको रु एक करोड ५० लाख लगानी रहेको छ ।
शहीद स्मृतिपार्क निमार्णका लागि पनि अनुमानित लागत रु पाँच करोडमध्ये मन्त्रालयले रु तीन करोड ५० लाख र गेरुवा गाउँपालिकाको रु एक करोड ५० लाख लगानी रहने छ । यस्तै ठाकुरबाबाको बलाती जैविक पार्क निमार्णका लागि अनुमानित लागत रु सात करोड रहेकामा मन्त्रालयले रु चार करोड ५५ लाख र ठाकुरबाबा नगरपालिकाको रु दुई करोड ४५ लाख लगानी रहने छ ।
राजापुरको कोठीयाघाट वनभोज स्थल निर्माणका लागि अनुमानित लागत रु छ करोड ८९ लाख रहेको छ । यसको निमार्णका लागि मन्त्रालयले रु चार करोड ४८ लाख सहयोग गर्नेछ भने राजापुरको नगरपालिकाको रु दुई करोड ४८ लाख लगानी रहेको छ ।
मन्त्रालयले देशभरका पालिकाको समन्वयमा विभिन्न परियोजना र आयोजना छनोट भएका छन् । मन्त्रालयले गरेको प्रस्ताव आह्वानको आधारमा ७१३ वटा प्रस्ताव परेकामध्ये देशभरबाट २०० गन्तव्य छनोट भएका छन् । सरकारले छनोट गरेका धेरैजसो आयोजनामा पार्क, वनभोज स्थल, मन्दिर, पर्यटकीय स्थलसम्म पुग्ने सडक तथा पदमार्ग, व्यापारिक मल, सङ्ग्रहालय, गुम्बा, स्मृति पार्क, फनपार्कलागयत रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
मंसिर ८, २०८१ शनिबार
मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक
मंसिर ८, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
मनकामना केबलकार सञ्चालनको २७औं वर्षमा प्रवेश
मंसिर ९, २०८१ आइतबार
एनएमबि बैंकको संस्थापक शेयर लिलामी खुल्यो
मंसिर ९, २०८१ आइतबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार
न्यायाधीश शर्माको एकल इजलासमा पर्यो दुर्गा प्रसाईंको बन्दीप्रत्क्षीकरण रिटको पेशी
मंसिर ९, २०८१ आइतबार
‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
मंसिर ९, २०८१ आइतबार