धितोपत्र बोर्डले आईपीओ पाइपलाइनको लिस्टबाट हटायो यी ६ कम्पनीको नाम

नेपालबहस संवाददाता
फागुन ४, २०७७ मंगलबार २१:५५:३६

४ फागुन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले समयमै आवश्यक कागजात नबुझाउने छ ओटा कम्पनीको आवेदन पाइपलाइनबाट हटाएको छ ।
आईपीओका लागि शुभम पावर, ईमर्जिङ नेपाल, तेह्रथुम पावरसँगै हकप्रद शेयरका लागि बरुण हाइड्रोपावर, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट र ङादी ग्रुप पावर कम्पनीले दिएको आवेदन बोर्डले पाइपलाइनबाट हटाएको हो ।
शुभव पावर लिमिटेडले ५ लाख ८० हजार ५८० कित्ता शेयर सर्वसाधारणमा विक्री गर्न विसं २०७५ साल भदौ २७ गते बोर्डमा निवेदन दिएको थियो । त्यस्तै ईमर्जिङ नेपालले ५ लाख कित्ता आईपीओ निष्कासनका लागि विसं २०७६ जेठ २३ गते र तेह्रथुम पावरले १२ लाख कित्ता आईपीओ निष्कासन गर्न विसं २०७६ साल असोज १३ गते बोर्डमा निवेदन दर्ता गराएको थियो ।
बरुण हाइड्रोपावरले विसं २०७५ साल जेठ २२ गते र हाइड्रो इलेक्ट्रिसिटीले विसं २०७६ साल असार ३१ गते १ बराबर १ को अनुपातमा हकप्रद जारी गर्न बोर्डमा निवेदन दिएका थिए । ङा्दी ग्रुप पावरले १० बराबर ३ को अनुपातमा हकप्रद विक्री गर्न २०७५ पुष २३ गते निवेदन दिएको थियो ।
कम्पनीहरुलाई सार्वजनिक निष्कासनमा पनि कडाई गर्न बोर्डले आवश्यक कागजात माग गरेको ६ महीनाभित्र पेश नगर्नेको आवेदन पाइपलाईनबाट हटाइने बताएको छ ।
बोर्डका प्रबक्ता गिरीले लामो समयदेखि आवेदन दिएर प्रक्रिया पुरा नगरेका कम्पनीहरुलाई नयाँ थप विवरणसहित फाइल अद्यावधिक गर्ने गरी आवेदन पाइपलाइनबाट हटाएको जानकारी दिए ।
लामो समयदेखि पाइपलाईनमा रहेका ती कम्पनीहरुसँग आवश्यक कागजात पेश गर्न निर्देशन दिएको छ महीना वितिसक्दा पनि प्राप्त नभएकाले यो प्रक्रिया अपनाइएको गिरीको भनाइ छ ।
ती कम्पनीहरुले आवश्यक कागजात पेश गरेको अवस्थामा प्रक्रिया पुनः अघि बढ्नेसमेत सहायक प्रबक्ता केसीले प्रष्ट पारेका छन् । उनले ती कम्पनीहरुको आवेदन रद्द गरेको हैन, पाइपलाइनबाट मात्र हटाइएको भनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन
फागुन ११, २०८१ आइतबार
प्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार