डिलासैनी घटनाको तरुण दलद्वारा निन्दा, दोषीलाई चाँडोभन्दा चाँडो कारबाही गर्न माग
नेपालबहस संवाददाता
फागुन ५, २०७७ बुधबार १३:५५:४९
५ फागुन, काठमाडौं । नेपाल तरुण दलले बैतडीको डिलासैनी गाउँपालिका वडा नं-३, पङसेरामा कांग्रेस नेताहरु सहभागी कार्यक्रममा भएको आक्रमणको निन्दा गरेको छ ।
तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै यस्ता घटनाहरु दोहोरिए नेपाल तरुण दल चुप लागेर नबस्नेसमेत चेतावनी दिएका छन् । आक्रमणमा संलग्न दोषीलाई चाँडोभन्दा चाँडो कारबाही गर्नसमेत तरुण दलले माग गरेको छ ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्वमन्त्री एनपी साउँद, कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौला, नेविसंघका पूर्वअध्यक्ष नैन सिंह महर, सांसद नन्दा बम, निर्मला क्षेत्री, पूर्व राज्यमन्त्री नरबहादुर चन्द, पूर्वमन्त्री केशवबहादुर चन्द, पूर्वसभासद् बहादुरसिंह थापा, बैतडी कांग्रेसका सभापती नरेन्द्र सिंह थापा, नेपाली कांग्रेसका तर्फबाट निवाचित स्थानीय तहका जनप्रतिनिधिलगायत नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रधानमन्त्री केपी ओली समूहका कार्यकर्ताहरुले आक्रमण गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनका लागि एमालेले छान्यो ४२ उम्मेदवार
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
साधक अग्रजहरूको आदर्श जीवनचर्याबाट केही सिकौँ, केही गरौँ
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि एमालेले छान्यो ४२ उम्मेदवार
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार