गाउँपालिकाका अध्यक्षले नै फर्जी उपभोक्ता बनाई रकम हिनामिना
नेपालबहस संवाददाता
फागुन ५, २०७७ बुधबार १५:५४:११
५ फागुन,सिन्धुली । जिल्लाको तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर मगरले फर्जी उपभोक्ता बनाएर रकम हिनामिना गरेको तथ्य बाहिरएको छ । गाउँसभाबाट २०७७ असार २८ मा स्वीकृत गरेको गाउँपालिकास्तरीय योजनाको १९९ क्रमसङ्ख्या शीर्षकको रकम हिनामिना गरेको तथ्य बाहिरिएको हो ।
उपभोक्ताहरुले सिमेन्ट र पाइप माग गर्न जाँदा रकम नभएको थाहा हुन आएपछि उपभोक्ताले खर्च भएको शीर्षक देखाउन आग्रह गरेका थिए तर पालिकामा बासोबास नै नगर्ने व्यक्ति, नाम, थर र ठेगानासमेत परिवर्तन गरी माग फारम भरेर रकम निकासा गरेको पाइएको छ ।
पालिकामा बस्दै नबस्ने व्यक्तिका नाममा समेत सिमेन्ट, पाइप बुझेको भर्पाइ बनाएर अध्यक्ष नै रकम हिनामिनामा संलग्न भएको स्थानीयवासी यतिराज तिमल्सिनाले बताएका छन् । उनले भने, “गाउँपालिका अध्यक्षले यतिराज पहाडी, तीनपाटन–१० सालुकेको नाममा माग फारम भराएर सिमेन्ट तथा पाइप बुझेको पनि भर्पाइ बनाएछन् ।” यद्यपि यतिराज पहाडी नाम गरेको व्यक्ति यहाँ नरहेको तथा वडा नं १० मा सालुके भन्ने ठाउँसमेत नपर्ने उनको भनाइ छ ।
उनले पालिका अध्यक्षले नै दुलाल सप्लायर्ससँग समन्वय गरी पालिकाको रकम हिनामिना गरेको बताएका छन् । सबै फर्जी उपभोक्ता बनाएर सिमेन्ट, पाइप बुझेको भर्पाइ बनाएर रकम हिनामिन भएको र सो रकम अध्यक्षले फिर्ता गर्नुपर्नेसमेत उनले बताएका छन् ।
यता गाउँपालिका अध्यक्ष मगरले भने अघिल्लो वर्षको सिमेन्ट, पाइप खरिद गरेको बाँकी तिर्नुपर्ने पैसा यस आर्थिक वर्षमा छुट्याएको रकमबाट तिरेको बताएका छन् ।
चालु आवमा छुट्याएको रकम शीर्षकअनुसार काम नै नगरी अघिल्लो आवको बाँकी रकम तिर्न कसरी मिल्यो भन्ने प्रश्नमा उनले केही बोलेनन् । उक्त रकम गाउँपालिका अध्यक्ष मगरले नेपाल सरकारको नगद अनुदान रकमलाई शीर्षक परिवर्तन गरी ‘पाइप–सिमेन्ट खरिद वितरण अध्यक्ष ११’ नामको योजनाको शीर्षक बनाएका थिए । नेपाल सरकारले पालिकाका सबै स्थानीयवासीलाई वितरण गर्ने गरी सिमेन्ट, पाइप वितरण गर्न रु सात लाख विनियोजन गरेको थियो तर सो रकम पालिकाका सबै वडामा समान हिसाबले वितरण नगरी आफ्नै वडामा फर्जी उपभोक्ता बनाएर खर्च गरेको पाइएको छ ।
यता अध्यक्षकै शैलीमा गाउँपालिकाका उपाध्यक्ष पदममाया तामाङले पनि वाग्मती प्रदेश सरकारको समानीकरण नगद अनुदान रकमको शीर्षक परिवर्तन गर्दै ‘पाइप तथा सिमेन्ट खरिद वितरण उपाध्यक्ष ११’ नामको योजना बनाएको पाइएको छ । उपाध्यक्ष तामाङले योजना बनाउने सवालमा त्रुटि भएको तर ११ नं वडामा मात्र नभई गाउँपालिकाका ११ वटै वडामा सिमेन्ट र पाइप वितरण गर्ने बताएकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार
सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि सुरु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार
पानीको कमीले गर्मीमा बेचैनी निम्त्याउँछ, दैनिक खानुहोस् यी पाँच चीज
जेठ ५, २०८१ शनिबार
चनौटेडाँडा गर्मी छल्ने उपयुक्त गन्तव्य बन्दै
जेठ ५, २०८१ शनिबार
काभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार