सुनकोशीको पानि लिफ्टिङ गरी तेमाल क्षेत्रमा लगिने

नेपालबहस संवाददाता
फागुन ५, २०७७ बुधबार १७:२६:५६

५ फागुन,काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी–पूर्वी भेगअन्तर्गत तेमाल क्षेत्रका बासिन्दामा खानेपानीबाट सुखका दिन आउन अब केही महिना मात्रै बाँकी छ । वर्षौंदेखि रातदिन समस्या झेल्दै आएका तेमाल गाउँपालिका र छिमेकी दुई स्थानीय तहका बासिन्दाले सम्भवतः नयाँ वर्षका अवसरमा घरघरमै खानेपानी पाउनेछन् ।
तामाङ समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रमा पाँच वर्षअघि अर्थात् भूकम्पलगत्तै तेमालमा सुनकोशी नदीबाट पानी लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने भएपछि विस्थापनबाट जोगिएका स्थानीय बासिन्दा यतिबेला औधी खुशी पनि देखिएका छन् । “आउँदो नयाँ वर्षमा खानेपानी अयोजनाको काम सम्पन्न गर्ने लक्ष्य लिएका छौँ, यसपछि तेमालको एउटा ठूलो सपना साकार हुनेछ”, तेमाल बृहत् सुख्खा क्षेत्र खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समिति अध्यक्ष सङ्ग्रामजीत लामाले भने ।
विसं २०७२ असार महिनामा सम्झौता भएको आयोजनाको काम गत मङ्सिरमा सक्ने लक्ष्य राखिएको थियो । लामाले भने, “लकडाउनपछि छ महिना काम रोकियो, अहिले द्रुत गतिमा काम भइरहेको छ, सकेसम्म थपिएको समयमा सक्ने योजनामा छौँ ।” तेमाल क्षेत्रका नौ हजार ३१० परिवारका करीब ५५ हजारका लागि खानेपानी आयोजना सञ्चालन भइरहेको हो ।
नेपाल सरकार, खानेपानी विभागमार्फत रु एक अर्ब २७ करोड लागतमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा करीब ९५ प्रतिशत काम सकिएको समितिका अध्यक्ष लामाले जानकारी दिएका छन् । उनका अनुसार सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइनेछ । आयोजनामा नेपाल सरकारको ९०, गाउँपालिकाको एक र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदान गर्नुपर्ने सम्झौता भएको थियो ।
आयोजनाको नदीमा फिल्टर गर्ने चारवटा ट्याङ्की र तेमालको वाङबेल डाँडामा चार लाख लिटर क्षमताका दुईवटा रिजर्भ ट्याङ्की निर्माण गरिएको छ । ४० हजारदेखि अवस्था अनुकूल दुई लाख लिटर क्षमतासम्मका २३ वटामध्ये १६ वितरण ट्याङ्की भइसकेका छन् । सुनकोशी नदीबाट प्रतिसेकेन्ड २० लिटर पानी मुख्य रिजर्भ ट्याङ्कीमा लिफ्ट हुनेछ भने यसअन्तर्गत प्रतिव्यक्ति प्रतिदिन ६५ लिटर पानी वितरण गर्न सकिनेछ । आयोजनाको लिफ्टिङ लागि खण्डखण्डमा १३ वटा पम्पले पानी तान्नेछन् ।
लामाका अनुसार आयोजनाको खानेपानी विस्तारका लागि २३ वटा ट्याङ्की, ११ वटा गार्ड घर, एक खानेपानी कार्यालय तथा खानेपानीको लाइन विस्तार गर्ने अधिकांश काम सकिएको छ । आयोजनामा नेपाल सरकारको प्राविधिक खटिरहेका हुन् । उक्त खानेपानी आयोजनाबाट तेमालको नौवटा वडा, छिमेकी रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाको केही वडाका बासिन्दा लाभान्वित हुने भएका हुन् ।
हाल पनि तेमाल क्षेत्रका बासिन्दा दुई घण्टा पैदल दूरीबाट कुवाको पानी लिन बिहान ३ बजेदेखि पालो कुर्नुपर्ने बाध्यता रहँदै आएको नारायणस्थानका हेमलाल तामाङले बताएका छन् । पूर्वमन्त्री एवं प्रतिनिधिसभाका पूर्वसदस्य गोकुलप्रसाद बाँस्कोटाले काभ्रेपलाञ्चोकमा हाल काभ्रे भ्याली एकीकृत, तेमाल र पाँचखालमा ठूला तीन खानेपानीका आयोजना सञ्चालित रहेकामा खुशी व्यक्त गर्दै केही समयभित्रै नमोबुद्ध नगरमा पनि बृहत् खानेपानी आयोजनाको काम शुरु हुने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकरिब ३३ हजार वर्गमिटरमा ढुंगा विछ्याउँदै छ काठमाडौं महानगर
फागुन ९, २०८१ शुक्रबार
लदी पर्वमा माझी समुदायलाई सार्वजनिक बिदा
फागुन ९, २०८१ शुक्रबार
बागमती प्रदेशसभाः विधेयक छलफलका लागि समितिमा पठाइयो
माघ २६, २०८१ शनिबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
देशका केही भागमा वर्षा र हिमपातको सम्भावना
फागुन १४, २०८१ बुधबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार
आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
फागुन १४, २०८१ बुधबार
पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति
फागुन १४, २०८१ बुधबार
आज महाशिवरात्री, भगवान शिवको पूजा गरी मनाइँदै
फागुन १४, २०८१ बुधबार