सरकारले भारतमा उत्पादित कोभिसिल्ड खोप खरिद गर्ने
नेपालबहस संवाददाता
फागुन ५, २०७७ बुधबार १८:२२:३९
५ फागुन,काठमाडौं । सरकारले अग्रिम भुक्तानी गरेर भारतमा उत्पादित कोरोना भाइरसविरुद्धको ‘कोभिसिल्ड’ खोप खरिद गर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले भारतको कोरोना भाइरसविरुद्धको खोप उत्पादक कम्पनीको सर्तअनुसार नै अग्रिम भुक्तानी गरेर खोप खरिद गर्ने निर्णय गरेको हो ।
अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोप उत्पादन गरिरहेको भारतको सेरम इन्स्टिच्युटसँग सरकारले प्रतिखोप ४ डलरका दरले २० लाख डोज खोप किन्ने सरकारले तयारी गरेको थियो । तर, सेरमले खोपको रकम अग्रमि भुक्तानी गर्नुपर्ने सर्त राखेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाधा अड्काउ फुकाउन मन्त्रिपरिषदमा प्रस्ताव गरेको थियो ।
खरिद ऐन र नियमावलीअनुसार खरिद गर्न लागेको सामानको ८० प्रतिशत मात्रै अग्रिम भुक्तानी दिन सक्ने मात्रै प्रावधान छ । जसले गर्दा खोप खरिदमा कानुनी जटिलता देखिएको थियो ।
मन्त्रालयको उक्त प्रस्तावलाई पास गर्दै मन्त्रिपरिषदले खोप खरिदका लागि अग्रिम रकम भुक्तानीको बाटो खुला गरेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार अहिले सहुलियत दरमा कोभिसिल्डको खोप ल्याउन लागेको हो । ‘केही बाधा अड्काउ फुकाउने काम क्याबिनेटले गरेपछि ४ डलरका दरमा २० लाख डोज खोप ल्याउने निर्णय भएको छ,’ ती मन्त्रीले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार