कांग्रेस नेतामाथि भएकाे आक्रमणको नेपाली जनसम्पर्क समिति अमेरिकाद्धारा घोर निन्दा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
फागुन ५, २०७७ बुधबार १९:२०:४८
![](https://nepalbahas.prixacdn.net/media/albums/usa_T2Be3lBYpo.jpg)
५ फागुन, काठमाडौं । संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा फागुन ४ गते बैतडी जिल्लाको डिलासैनीमा नेपाली कांग्रेसको शान्तिपुर्ण विरोध कार्यक्रम भइरहेको वेलामा प्रधानमन्त्री केपी ओली निकट नेकपाबाट नियोजित रूपमा गरिएको सांघातिक आक्रमणको नेपाली जनसम्पर्क समिति अमेरिकाले घोर निन्दा र भत्सर्ना गरेको छ ।
यो घटनाले संविधानले प्रदत्त गरेको शान्तिपुर्ण नारा जुलुस, विरोध प्रदर्शन गर्न पाउॅने नागरिकको नैसर्गिक अधिकार माथि सत्तारूढ नेकपाको स्थानीय पार्टी पंक्तिले ठाडो र निर्मम प्रहार गरेको समितिका महासचिव मुनिन्द्र नेम्बाङले विज्ञप्तिमार्फत जनाएका छन् ।
नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हकलाई खोसेर लोकतन्त्रलाई नै मटियामेट पार्न खोज्ने सर्वसत्तावादी सत्तारूढ नेकपाको यस्ता उग्रवादी चरित्र र कदम निन्दनीय भएको हाम्रो ठहर छ, विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यसैले संविधान र कानुनको धज्जी उडाउॅदै, शान्तिपुर्ण भइरहेको कार्यक्रमलाई जताभावी आक्रमण गरी बिथोल्न खोज्ने दोषीलाई अबिलम्ब पक्राउ गरी कार्वाही गर्न नेपाली जनसम्पर्क समिति अमेरिका सरकारसँग जोडदार माग गरेको छ ।
आक्रमणबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य नेता एनपी साउद, युवा नेता शैलेश बिष्ट, नेविसंघका पूर्व केन्द्रीय सदस्य सुमन केसी र नेविसंघका नेता मदनराज उपाध्याय घाइते भएकोप्रति समितिले दुख व्यक्त गरेको छ ।
शान्तिपुर्ण भैरहेको कार्यक्रममा एक्कासी र अराजक ढंगले गरेको सांघातिक आक्रमणलाई निडर र साहसका साथ प्रतिपाद गर्नुहुने घाइते नेतागण लगायत नेकाका केन्द्रीय सदस्य डिला संग्रौला, नेका बैतडीका सभापति नरेन्द्रजंग थापा, नेविसंघका पूर्व सभापति नैनसिंह महरका साथै स्थानीय नेता एवं कार्यकर्ता र तरूण साथीहरूप्रति समितिले सम्मान प्रकट गरेको हो ।
यस्ता उग्रवादी चरित्र निरंकुश प्रवृत्ति, कार्यशैली र ब्यवहारको सर्वत्र विरोध गर्दै, संविधान र लोकतन्त्रको रक्षार्थ लोकतान्त्रिक शक्ति र विश्वभर छरिएर रहेका आम लोकतन्त्रवादी नेपालीलाई एकजुट भएर आवाज बुलन्द पार्न समिति सबैमा बिनम्र आग्रह गरेको नेपाली जनसम्पर्क अधिवेशन, तयारी समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङले जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब अबुधाबीबाट पनि श्रम स्वीकृति
फागुन २, २०८१ शुक्रबार
सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनी
माघ २२, २०८१ मंगलबार
आगामी वैशाखमा एनआरएनएको दशौँ एकता महाधिवेशन काठमाडौंमा हुने
माघ १४, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार