‘निफ्रा’को शेयरमूल्यमा लगातार चौथो दिन सकारात्मक सर्किट, हेर्नुहोस कति पुग्यो शेयर मूल्य ?

नेपालबहस संवाददाता
फागुन ५, २०७७ बुधबार २०:२५:१९

५ फागुन,काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक ‘निफ्रा’ को शेयर मूल्यमा लगातार चौथो दिन सकारात्मक सर्किट लागेको छ । बुधबार नियमित कारोबार सुरु भएको केहि मिनेट मै कम्पनीको शेयर मूल्य ९ प्रतिशतले बढेको हो ।
सोमबार बैंकको शेयरमा सर्किट लागेर बैंकको अन्तिम कारोबार ४११ मा भएको थियो । तेस्रो दिनको कारोबारमा प्रि ओपनमा बैंकको मूल्य ४३१ पुगेकोमा नियमित कारोबार सुरु भएको १ मिनेट मै बैंकको शेयर मूल्यमा सर्किट लागेको थियो । चौथो दिन यो समाचार तयार पार्दासम्म बैंकको शेयर मूल्य ९.९६ प्रतिशतले बढेर ४९७ पुगेको छ ।
बैंकको आइतबारबाट सिम्बलबाट कारोबार सुरु भएको हो । गत बिहिबार बैंकको २० करोड कित्ता शेयर सुचिकृत भएको थियो।
बैंकले माघ २ देखि सर्वसाधारणको लागि आईपिओ निष्काशन गरेको थियो । बैंकले एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको हो।
जस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका थिए । नेपाली पुँजीबजारमा आएको यो नै हालसम्म कै ठुलो आईपिओ हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन
फागुन ११, २०८१ आइतबार
प्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार