आजको बजार बढेपनि मैनबत्ती रातो हुनुको यस्तो छ कारण ?

नेपालबहस संवाददाता
फागुन ५, २०७७ बुधबार २१:४८:४६

५ फागुन,काठमाडौं । नेप्से परिसूचक ९ दशमलव ९४ अंकले वृद्धि हुँदै २६११ दशमवल ४५ को विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक शुन्य दशमलव ३८ प्रतिशतले वृद्धि भएकोमा ८ अर्ब ३ करोडको शेयर कारोवार भएको हाे ।
दोश्रो बजार २६२३ विन्दुमा खुलेकोमा क्रमश घट्दै न्यून विन्दु २५९५ विन्दूमा पुगेको थियो । तर, विस्तार बढेर पुनः २६११ बन्द सीमित भएको छ । आजको बजारलाई हेर्दा परिसूचक २६ सय विन्दू माथि नै थामिनुले राम्रो संकेत हाे । तर, कारोबार घढ्नुले बजार कता मोडिएला त्यो बिहीबारको बजारले संकेत गर्नेछ ।
आजको बजार वृद्धिलाई बैंकिङले साथ दिएको छ । वाणिज्य बैंक उपसुचकमा १ दशमवल ८ प्रतिशत, विकास बैंकको उपसुचकमा ० दशमलव १३ प्रतिशतको वृद्धि भएको छ भने ट्रेडिङ उपसुचकमा सर्वाधिक २ प्रतिशत माथिको वृद्धि देखिएको छ ।
बजारमा आज थोरै अंकको वृद्धि देखिए पनि बजारको मैनबत्ती भने रातो देखिएको छ । बजार माथिल्लो विन्दुमा खुलेको र बन्द हुँदा खुला विन्दु भन्दा मुनि बन्द भएकोले रातो मैनवत्ति बन्न पुगेको हो । आज कारोवार रकम भने घटेको छ । मंगलबार १० अर्ब बढि कारोबार भएको कारोवार अहिले केही घटेर ८ अर्बमा सीमित भएको छ ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरुः
आज सर्वाधिक कमाउने ५ कम्पनीहरुः
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरुः
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन
फागुन ११, २०८१ आइतबार
प्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार