पेन्सन कागजात बनाउन आएका सेवाग्राहीसँग घूस लिने अधिकृत, क्यान्टिन सञ्चालक र चालकविरुद्ध मुद्दा
नेपालबहस संवाददाता
फागुन ५, २०७७ बुधबार २२:४७:२५
५ फागुन, काठमाडौं । ताहाचलस्थित राष्ट्रिय कितावखाना ‘शिक्षक’का शाखा अधिकृत धनेश्वर प्रसाई, क्यान्टिन सञ्चालक सुदर्शन न्यौपाने र सवारी चालक सुरेशप्रसाद नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
आयोगले उनीहरू विरुद्ध काठमाडौं विशेष अदालतमा मुद्दा दायर गरेका हुन् । अवकासपछि पेन्सन कागजात बनाउन आएका सेवाग्राहीसँग काम छिटो गरिदिने भनी अतिरिक्त रकम लिएपछि उनीहरूलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।
न्यौपानेले सेवाग्राहीबाट ५२ हजार रुपैयाँ लिई सवारी चालक सुरेश नेपालको क्वाटरमा राखेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको थियो । किताबखानाका शाखा अधिकृत प्रसाईले सेवाग्राहीको काममा आलटाल गरे । उनले क्यान्टिन सञ्चालक न्यौपानेलाई सेवाग्राहीसँग ५२ हजार रुपैयाँ घुस माग्न लगाए ।
न्यौपानेकै आग्रहमा सवारी चालक नेपालले घुस रकम लिएको तथ्य पुष्टि भएको आयोगले जानकारी दिएको छ । आयोगले घूस बमोजिमको दाबीसहित सजाय मागदाबी लिई बुधबार अदालतमा आरोपपत्र दायर गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार