दाहाल-नेपाल समूहले आज मानव साङ्लोले टुँडिखेल घेर्दै
नेपालबहस संवाददाता
फागुन ६, २०७७ बिहिबार १५:२४:४८
६ फागुन, काठमाडौं । नेकपाको दाहाल-नेपाल समूहले चौथो चरणको आन्दोलन अन्तर्गत आज मानव साङ्लोले टुँडिखेल घेर्दैछ ।प्रधानमन्त्रीलाई सांकेतिकरूपमा दबाब दिन मानव साङ्लो बनाएर टुँडिखेल घेर्न लागिएको दाहाल-नेपाल समूहका स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए ।
अपराह्न ४ देखि ५ बजेसम्मको यो कार्यक्रममा १० हजार हाराहारी कार्यकर्ता सहभागी हुने भुसालले जानकारी दिए । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको कदमलाई ‘प्रतिगमन’ भन्दै दाहाल-नेपाल समूह पुस ५ पछि आन्दोलीत छ । यो समूहले बुधबार ‘५ फागुन’ देखि २१ फागुनसम्म चौथो चरणका कार्यक्रम सार्वजनिक गरेको छ ।
कार्यक्रम अन्तर्गत फागुन ७ मा सबै वडामा विरोध गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। फागुन ७ देखि १५ गतेसम्म सार्वजनिक स्थलहरूमा हस्ताक्षर संकलन गर्ने उनले बताए।
यो समूहले गत माघ २८, माघ ९ र पुस १३ मा काठमाडौंमा प्रदर्शन गरेको थियो। काठमाडौं बाहिर प्रदेश १ को विराटनगर, बुटवल, सुर्खेत र धनगढीमा पनि प्रदर्शन र विरोध भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपद्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक
असोज १२, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
सहकारी ठगेर भागेका ढोरपाटनका मेयर देवकुमार नेपाली दिल्लीमा पक्राउ, नेपाल ल्याउने तयारी
असोज ११, २०८१ शुक्रबार
१२ घण्टा यता देशैभर भारी वर्षाः हवाई उडान प्रभावित, मुग्लिन-नारायणगढ सडकमा राती सवारी बन्द
असोज ११, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः चिनियाँ ऋणको बोझबाट कहिले पाउला मुक्ति ?
असोज ११, २०८१ शुक्रबार
अबिरल वर्षासँगै रौतहटको बागमती र बकैया नदीमा उच्च बहाव, ६ पालिका रेडजोनमा
असोज १२, २०८१ शनिबार
नख्खु खोलाले बगाएर ल्याएका एक सशस्त्र प्रहरीका उद्दारकर्ताको सफल रेस्क्यु
असोज १२, २०८१ शनिबार
भारी वर्षाका कारण देशभर धन जनको क्षति, प्रभावितको उद्दारका लागि सुरक्षाकर्मी परिचालन
असोज १२, २०८१ शनिबार
डब्लुएचओको प्रतिवेदन भन्छ, मोबाइल फोनको प्रयोगले क्यान्सर हुँदैन
असोज १२, २०८१ शनिबार
नक्खु खोलाले बगाउँदा चार जना बेपत्ता
असोज १२, २०८१ शनिबार
अरुण तेस्रोको डाइभर्सन टनेल भरियो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह
असोज १२, २०८१ शनिबार