खुलामञ्चमा राखिएका अस्थायी भौतिक संरचना हटाइँदै
नेपालबहस संवाददाता
फागुन ६, २०७७ बिहिबार १६:२५:३७
६ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा राखिएका निर्माण सामग्री र त्यहाँ भएका अस्थायी भौतिक संरचना हटाउने कार्य थालेको छ । गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको दरबार हाइस्कुल सञ्चालनका लागि अस्थायी टहरा, स्कुल निर्माणका सामग्री र वीर अस्पताल निर्माणका लागि सामग्री राखिएको थियो ।
अहिले स्कुल निर्माण सम्पन्न भइसकेको छ भने अस्पताल पनि निर्माणको अन्तिम चरणमा रहेकाले कामपाले खुलामञ्चमा राखिएका सामग्री हटाउन लागेको हो । पछिल्लो समय हरेक दिनजसो सडकमा हुने विशाल सभा, विरोध प्रदर्शन, र्याली, आमसभालगायतले महानगर क्षेत्रभित्रका सडक अस्तव्यस्त बनेकाले छिटो खाली गर्न लागिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए ।
भ्यू टावर ‘दृश्यावलोकन स्तम्भ’ निर्माणका लागि खुलामञ्चभित्र अस्थायीरूपमा सरेको पुरानो बसपार्कलाई छिट्टै पुरानै लयमा फर्काउने महानगरको योजना छ । अस्थायी बसपार्कका लागि अर्को व्यवस्थापन नहुञ्जेल खुलामञ्चमा ठूला आमसभा हुने दिन सवारीलाई टुँडिखेल घुमाएर बसपार्कसमेत खुला गर्नेसम्मको तयारी गरिएको छ ।
अहिले वीर अस्पताल निर्माणको ९० प्रतिशतभन्दा बढी काम सकिएको छ । अब जतिसक्दो छिटो खुलामञ्च खुला गर्न थालिनेछ । बाँकी निर्माण कार्यका लागि निर्माणस्थलमा सामग्री राखेरै काम गर्न सकिनेछ ।
केही समयदेखि सम्पदा बचाउ अभियानकर्ताले खुलामञ्चलाई तत्काल खुला गर्नुपर्ने माग राख्दै कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई ध्यानाकर्षण गराउँदै आएका थिए । त्यस सम्बन्धमा प्रमुख शाक्यले पुनःनिर्माणको कार्यले गर्दा केही समस्या भएको भन्दै निर्माण सम्पन्न भएसँगै पूर्णरूपमा खुलामञ्च खाली गर्ने बताउँदै आएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरु सुधार्न अर्थमन्त्रीको निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
महालेखाले बुझायो आन्तरिक लेखा परीक्षण प्रतिवेदन
कात्तिक २७, २०८१ मंगलबार
लेखापरीक्षण: संघीय र प्रदेश सरकारको गरी साढे २१ अर्ब बेरुजु, पेश्की मात्र १० अर्ब ४५ करोड
कात्तिक २६, २०८१ सोमबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार