बाग्मती प्रदेशसभाको हठात् ढङ्गले बैठक स्थगित गरिएकोमा साझाको ध्यानाकर्षण
नेपालबहस संवाददाता
फागुन ६, २०७७ बिहिबार १८:२५:४०
६ फागुन, काठमाडौं । बाग्मती प्रदेशसभाको हठात् ढङ्गले बैठक स्थगित गरिएकोमा विवेकशील साझा पार्टीको ध्यानाकर्षण भएको छ ।गत माघ ७ गते बाग्मती प्रदेश सभाको सातौँ अधिवेशन सुरु भए यताको करिब एक महिनामा जम्मा दुई वटा मात्र बैठक बसेको छ।
माघ ७ गतेको पहिलो बैठक औपचारिक शुभकामना आदानप्रदानमा सीमित रह्यो भने माघ ९ गते सत्ताधारी दल, नेकपा कै ४५ जना सदस्यहरूद्वारा मुख्यमन्त्री विरुद्ध दर्ता अविश्वासको प्रस्ताव टेबुल गरिएको थियो।
त्यसयता सभाका बैठकहरू सञ्चालन हुन सकेका छैनन्। फलस्वरूप, प्रदेश सभामार्फत नागरिकका आवाज मुखरित गर्ने अवसर प्रदेश सभा सदस्यहरूले पाएका छैनन्। सत्ताधारी नेकपा भित्र देखिएको विवादको चपेटामा परेर प्रदेश सभाले आफ्नो बैठकसमेत सञ्चालन गर्न नसक्ने स्थिति उत्पन्न हुनुले आम जनमानसमा प्रदेश संरचनाप्रति नै वितृष्णा पैदा गराएको स्थिति छ।
यसैबिच फागुन ५ गते, दिउँसो २ बजे बस्ने गरी तोकिएको प्रदेश सभाको बैठक अनायास ढङ्गले सूचना टाँस गरी अनिश्चित कालका लागि स्थगित गरिएको घटना प्रति साझा पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
विवेकशील साझा पार्टीका प्रदेश सभा संसदीय दल, बाग्मतीका नेता रमेश पौड्यालद्धारा जारी विज्ञप्तिमा भनिएको छ, विगतमा कार्य व्यवस्था परामर्श समितिको बैठक बसी उक्त समितिको सल्लाहको आधारमा सभा सञ्चालन गर्ने र कार्यसूची तय गर्ने सम्बन्धी आवश्यक निर्णयहरू हुँदै आएकोमा हाल आएर सभामुखको हठात् निर्णयद्वारा एकाबिहानै गरिएको यो स्थगन अस्वाभाविक छ।
२०७७ पौष १० गते प्रदेश मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको र २०७७ माघ ९ गते प्रदेश सभामा प्रस्ताव टेबुल समेत भैसकेको सन्दर्भमा विना कुनै विलम्ब यो विषयमाथि छलफल गरी निष्कर्षमा पुग्नु नै प्रदेश सभाको प्राथमिक कार्यभार हुनु पर्दछ भन्ने हाम्रो ठहर विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अतः सभामुखमाथि अनावश्यक दबाब सृजना गरी अविश्वासको प्रस्तावबाट भाग्न खोज्ने प्रदेश सरकारको प्रवृत्तिको हामी विरोध गर्दछौँ र लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गर्दै स्थगित प्रदेश सभा शीघ्र सुचारु गर्न विज्ञप्ति मार्फत साझाले जोडदार माग गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार
सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि सुरु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
मालिक रिसाउनुमा यी ग्रहको भूमिका, जान्नुहोस् हाकिमको स्वभाव
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार