लक्ष्मन माझीलाई अचेल न निन्द्र लाग्छ न भोक !
नेपालबहस संवाददाता
फागुन ६, २०७७ बिहिबार २०:२०:२०
६ फागुन,भीमेश्वर । दोलखाको तामाकोशी गाउँपालिका–१ का लक्ष्मन माझीलाई अचेल न निन्द्र लाग्छ न भोक नै । केबल कति खेर हामीलाई पुलिसले समाउने हो भन्ने डर मात्रै मनमा आउन थालेको छ ।
भूकम्प गएको एक वर्षपछि आफूलाई तपाईको घर ढलेछ राहत दिने मान्छे भेटाइदिन्छु । उनी धनी मान्छे हो । प्रशस्तै राहत वितरण गरेको छ भन्दै मधेशी समुदायजस्तै देखिने एक व्यक्तिले प्रलोभनमा पारेर आफूसँग ठगी गरेको हुनसक्ने उनको ठम्याइ छ । ती व्यक्तिले पटकपटक गरी रु ३६ हजार ५०० रकमसमेत उठाएर लगेको उनी बताउछन् ।
“आफूहरुसँग नागरिकता प्रमाण पत्रको प्रतिलिपि र फोटो खिचेर ती व्यक्तिले लगेको र त्यसपछि के भयो, त्यसको केही थाहा छैन”, माझीले भने, “अहिले आएर पिआर के टे«ड इन्टरनेशनलको सञ्चालक भएको थाहा पाएपछि आफू ठगिएको महसुस भएको छ । ”
भूकम्प गएको केही दिनपछि राहत बाड्ने भन्दै गाउँमा थुप्रै मान्छे आउन थाले । राहतको नाममा विभिन्न सङ्घ संस्था गाउँगाउँमा छिरे, वल्लोगाउँ पल्लोगाउँमा राहतको चर्चा नै चल्यो । “यसै क्रममा विभिन्न सङ्घ संस्थाले नागरिकताको प्रतिलिपि, जग्गाको प्रतिलिपि मागी लगियो । हामीलाई थप राहत ल्यान बाहनामात्रै दिन्थे । केही पनि थाहा भएन”, उनले भने, “राहतको नाममा अन्न, तरकारी, लत्ताकपडा ल्याएर गाउँ छिर्नेको लर्को नै लाग्थे ।”
राहतको नाममा पहिलो, दोस्रो, तेस्रो भनि सबै जनालाई सहीछाप गर्न लगाएको स्मरण गर्दै माझीले हामीलाई पटकपटक विभिन्न थरिको कागजातमा सही गर्न लगाउथे । सही चाही गरे तर के को कागजमा सही गरेको कसैलाई पनि थाहा भएन । अक्षरको नाममा नाम मात्रै लेख्न जान्ने भएकाले हामीले अरु केही पनि थाहा भएन । यसरी फसियो माझीले भने ।
फसाउने व्यक्ति को हो रु कहाँको हो, केही पनि थाहा भएन । देखे भने अनुहार चिन्छु उनले बताए । “यसरी फसाउलान भन्ने जानेको थिएन । अब हामी के गर्ने, गाउँ नै आक्रन्त बनेको छ”, उनले भने, “कोही नयाँ मान्छे आयो भने सबै जना डरले काम्ना थाल्छ । के गर्ने हामीहरुले कसैलाई चिनेको छैन । जानेको छैन । कस्ले यो कुरा सुन्ने हो । केही पनि थाहा छैन ।”
राजश्व छलीको मुद्दा उच्च अदालत पाटनले आफ्नो हातमा थमाइपछि के गर्ने, के नगर्ने भन्ने अन्योल छ, सिङ्गै माझी बस्तीमा । आफ्नो परिवारको नाममा दुई रोपनी पनि जग्गा नभएको लक्ष्मनले यस्तो कागज देखेर रुनु न हास्नुका अवस्थामा पुगेका हुन् । उच्च अदलतले हाजिर हुन बोलाएपछि स्थानीय जनप्रतिनिधिसमेत आश्चर्य चकित भएका छन् ।
स्थानीय बद्रीबहादुर कटुवालका अनुसार राजश्वको नामसमेत नसुनेको र अदालतको ढोकामा जन्मेदेखि हालसम्म पाइलासमेत नटेकेको नाममा यति धेरै रकम राजश्व चुहावट भएको मुद्दा लाग्दा आफू पनि भिरबाट खसेको जस्तो महसुस भएको बताउछन् ।
लक्ष्मनको नाममा दर्ता भएको पान नम्बरबाट राजश्व छली गरेको भन्दै रु पाँच करोड २० लाख खुल्न आएको छ । जिल्ला अदालत दोलखाले केही दिन अघि मात्रै रु साढे ५ लाख राजश्व छलीको मुद्दाको तामेली हातमा थमाएको छ । केही दिनअघि मात्रै लक्ष्मनले रु साढे पाँच लाख राजश्व चुहावटको गरेको मुद्दाको तामेली बुझेका छन् ।
यसैगरी अन्य माझीले पनि नागरिकताको प्रतिलिपि बुझाएकाले उनीहरु पनि त्यस्तै पीडामा भएको उनले बताए । ती बस्तीका दिनेश माझी, नारायण माझी, देवेन्द्र माझी, शरण माझीलगायतको नागरिकता प्रमाणपत्रको प्रतिलिपि राहत दिने भन्दै लगेकाले उनीहरु पनि चिन्तामा रहेको स्थानीयवासी बताउँछन् । गरिबी निवारणका लागि भन्दै सर्लाहीको मङ्लगवामा तीन दिनसम्म होटलमा राखी प्रति व्यक्ति रु ११ हजारका दरले दुई जनालाई बाटो खर्च भन्दै उनीहरुले दिएको अर्का वीरबहादुर माझीले बताए ।
दिनभर तामाकोशी खोलामा माछामारी आफ्नो जीविको चलाउँदै आएको माझी समुदायले आफूलाई राहतका नाममा भएको यस्ता हर्कतका कारण निकै दुःखी तुल्याएको मात्रै होइन, फसाउने व्यक्तिको खोजीमासमेत लाग्न थालेका छन् । दैनिक माछामारी आफ्नो छाक टार्दै आएका माझी समुदायका व्यक्तिलाई यत्ति ठूलो राजश्व छलीको मुद्दा कसरी र कस्ले लगायो भन्ने बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक भेषराज रिजालले बताए । उनका अनुसार राहत लिन गएका अरुको नाममासमेत यस्तो प्रकृतिका मुद्दा दायर भएको हुनसक्ने भएकाले अनुसन्धान गरी कारवाही गर्ने बताएका छन् ।
यसरी फर्म दर्ता गरी आफू ठगिएको थाहा नभएको र एक्कासी अदालतको तामेली आएपछि गाउँ नै आक्रन्त बनेका छन् । नयाँ कोही व्यक्ति आउँदासमेत डराउने अवस्था भएको माझी बस्तीका ज्यानकुमारी माझीले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार
सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि सुरु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार
पानीको कमीले गर्मीमा बेचैनी निम्त्याउँछ, दैनिक खानुहोस् यी पाँच चीज
जेठ ५, २०८१ शनिबार
चनौटेडाँडा गर्मी छल्ने उपयुक्त गन्तव्य बन्दै
जेठ ५, २०८१ शनिबार
काभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार