अस्पताललाई विगतमा दिइँदै आएको सहयोग निरन्तर रहने छ : पाकिस्तानी राजदूत
नेपालबहस संवाददाता
फागुन ६, २०७७ बिहिबार २१:३:३२
६ फागुन,चितवन । नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले भरतपुर आँखा अस्पताललाई विगतमा दिइँदै आएको सहयोग निरन्तर रहने बताएका छन् । उनले आज अस्पतालको निरीक्षणपछि आयोजित कार्यक्रममा सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सो अवसरमा राजदूत शाहले अस्पतालले निर्माण गर्न लागेको नयाँ भवनमा पनि सहयोग गर्ने जानकारी दिएका छन् । उनले भने, “नयाँ भवनको विस्तृत विवरणसहितको प्रस्ताव पठाउनु, अध्ययनपछि के सहयोग गर्न सकिन्छ, हामी गर्छौ ।” आँखा उपचार जस्तो महत्वपूर्ण सेवा अस्पतालले उपलब्ध गराउँदै आएकोमा उनले प्रशंसासमेत गरे ।
कार्यक्रममा नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्के, जिल्ला सभापति कृष्णराज धरेल, अस्पतालका प्रमुख मेडिकल निर्देशक प्रा डा रघुनन्दन बेन्जु, अस्पतालका व्यवस्थापक दयाशङ्कर चौधरीलगायतले अस्पतालले हालसम्म गरेका कार्य र आगामी दिनका योजनाबारे बोलेका थिए ।
सो अवसरमा अस्पतालका डा रञ्जित साहले अस्पतालको अवस्थाका बारेमा प्रस्तुतिकरण दिएका थिए । राजदूत शाहले अस्पतालका विभिन्न विभागको निरीक्षणसमेत गरेका थिए । पाकिस्तानमा मुख्य कार्यालय रहेको बिसिसिआई बैंकले भरतपुर आँखा अस्पततालको स्थापनाको समयमा मुख्य भवन निर्माण निर्माण गर्न तत्कालीन समयमा रु ८४ लाख सहयोग गरेको थियो ।
विभिन्न समयमा उपकरणसमेत सहयोग गर्दै आएको छ । पाकिस्तानी दूतावासले अस्पताललाई प्रत्येक वर्षजसो आर्थिक सहयोग गर्दै आएको छ । अस्पतालको शल्यक्र्रिया थिएटर बनाउन दूतावासले रु ७२ लाख सहयोग दिएको छ । उक्त रकम सुरक्षित रहेको अस्पतालका अध्यक्ष धरेलले बताएका छन् । यस्तै चम्मा पसल निर्माण गर्न ३६ लाख र फेको मेसिनलगायतका उपकरण पनि दूतावासबाट सहयोग प्राप्त भएको उनले जानकारी दिएका छन् ।
उनका अनुसार हालसम्म विभिन्न समयमा गरेर पाकिस्तानी दूतावासबाट रु दुई करोडभन्दा बढी सहयोग प्राप्त भइसकेको छ । अस्पतालले आर्थिक वर्ष सन् २०१८र१९ मा दुई लाख सात हजार ६७६ जनालाई सेवा दिएको थियो भने सन् २०१९र२०२० मा एक लाख ६३ हजार १४८ बिरामीलाई सेवा दिएको छ । अस्पतालले अस्पताल, अस्पतालद्वारा सञ्चालित आँखा सेवा केन्द्र र विभिन्न ठाउँमा शिविर सञ्चालनन गरी आँखाको उपचार गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार
सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि सुरु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनुभोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार