खोपको देशव्यापी कार्यतालिका सार्वजनिक गर्न कांग्रेसको माग
नेपालबहस संवाददाता
फागुन ६, २०७७ बिहिबार २३:३५:२७
६ फागुन, काठमाडौं । नेपाली कांग्रेसले कोभिड–१९ विरुद्धको खोपको प्रभावकारिता सुनिश्चित गर्ने सबै उपायका साथै खोप कार्यक्रमको देशव्यापी कार्यतालिका सार्वजनिक गर्न माग गरेको छ । कांग्रेसले खोप प्राप्त गर्ने जनसंख्याको प्राथमिकताक्रमको विस्तृत विवरण सार्वजनिक गर्न माग गरेको हो ।
कांग्रेस सह–महामन्त्री तथा कोभिड– १९ अनुगमन समितिका संयोजक डा.प्रकाशसरण महतले बिहीबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै कोभिड–१९ विरुद्धको खोपको कार्यतालिका र सबै नागरिकले खोप पाउने कार्यको सुनिश्चितता गर्न माग गरे ।
कांग्रेसले कोभिडको नयाँ भेरिएन्ट नेपालमा प्रवेश हुन नदिन आवश्यक पर्ने सम्पूर्ण उपाय अपनाउनसमेत सरकारसँग माग गरेको छ । सरकारको चरम उदासिनता र लापरवाहीका बाबजुद कोभिड–१९ को प्रभाव समाजमा कम हुँदै गएको देखिएपनि अझै यसको प्रकोप समाप्त भएको छैन ।
उनले कोभिड–१९ विरुद्ध आमजनतालाई खोप लगाइ स्थायी रुपमा यो प्रकोपलाई रोक्न सरकारले कुनै स्पष्ट कार्ययोजना नल्याएको आरोप लगाए । कांग्रेसले भविष्यमा पनि अन्य देश र संस्थाहरूबाट आउन सक्ने अनुदान खोप सहयोग र आवश्यकता अनुरुप खरिद गरी खोप ल्याउन डब्लुएचओको मापदण्ड पूरा गरेका खोपहरूलाई मात्र प्रयोग गर्न अनुमति दिन सरकारसँग माग गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
पार्टीभित्र गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जान्छः महामन्त्री थापा
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार