खुमा अर्यालले खोले हेटौंडामा दाना उद्योग, २ अर्बको लागतमा गुणस्तरीय फिड
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
फागुन ६, २०७७ शुक्रबार २:२१:२६
![](https://nepalbahas.prixacdn.net/media/albums/puja-2_gthPNScv5X.jpg)
६ फागुन, काठमाडौं । खिलुङ्गकालिका एग्रो ग्रुप (केके एग्रो ग्रुप) ले हेटौंडामा अत्याधुनिक दाना उद्योग सञ्चालनमा ल्याउने भएको छ । पोल्ट्री व्यवसायमा आक्रमक लगानी विस्तार गरिरहेको स्याङ्जाको खिलुङ्गकालिका कृषि समुहले करिब दुई अर्ब रुपैयाँको लागतमा पशुपंक्षी र कुखुराका लागि दाना उत्पादन गर्न हेटौंडा उपमहानगरपालिका–१९ स्थित नेवारपानीमा अत्याधुनिक उद्योग स्थापना गर्न लागेको हो ।
ग्लोबल आइएमई बैंकको एकल ऋण लगानीमा स्थापना हुने यो उद्योग ५४ कठ्ठा जग्गामा फैलिएको छ । कुखुरा र गाईभैसीका लागि आवश्यक दाना उत्पादन हुने यस उद्योगले प्रतिघण्टा २० टन दाना उत्पादन गर्ने लक्ष्य राखेको प्रबन्ध निर्देशक शोभाकान्त ढकालले नेपालबहस डटकमलाई बताए ।
ओम एग्रो प्रालिका नामक यो दाना उद्योग आगामी ९ महिनाभित्रै सञ्चालनमा आउने ढकालले जानकारी दिए । नेपालमा धेरै फिड इन्डण्ट्रीज खुलेपनि आफुहरुको लक्ष्य आन्तरिक खपत नै भएको उनले बताए । आफ्नै लगानीका विभिन्न कुखुरा फार्मका लागि दैनिक ८० टन दाना आवश्यक रहेको जानकारी दिदै प्रबन्ध निर्देशक ढकालले के के एग्रो ग्रुपलाई नै अब ब्राण्डिङका रुपमा लगिने पनि बताए ।
खिलुङकालिका एग्रो फार्मको नाममा ४ बर्ष अगाडि यही समुहले स्याङ्जामा अत्याधुनिक कुखुरा फार्म सञ्चालनमा ल्याईसकेको छ । करिब एक अर्बको लागतमा शुरु भएको सो फार्मबाट आफुहरु थप उत्साहित भएको ढकालको भनाई छ । सरकारलाई बार्षिक करोडौं राजश्व बुझाएको मात्र होइन स्थानीय स्तरमा रोजगारी सिर्जना एवं अन्य क्षेत्रमा अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने काममा ठूलो योगदान पनि यही समुहले गरिरहेको छ ।
मेडिकल कलेजमा लगानी गर्दै आएका खुमाप्रसाद अर्याल, डा. लुना शर्मा अर्याल, भेषराज अर्याल र शोभाकान्त ढकालको लगानीमा यो फार्म स्थापना भएको हो । चार्टर्ड एकाउन्टेण्ट समेत रहेका खुमा अर्यालको नेतृत्वमा रहेको यो समुहको ४ वटा मेडिकल कलेज तथा अस्पताल, हाइड्रोपावर लगायतमा पनि अर्बौको लगानी रहेको छ ।
लगानीलाई विविधीकरण गर्दै स्वदेश मै रोजगारी सिर्जना गर्ने आफ्नो उद्देश्य रहेकोले राज्यले प्राथमिकता तोकेको कृषि क्षेत्रमा लगानी गरिएको अध्यक्ष अर्यालले बताए । अर्यालको भैरहवा मेडिकल कलेज र गण्डकी मेडिकल कलेजमा प्रत्यक्ष लगानी छ । कम्पनीका प्रबन्ध निर्देशक ढकालले नौ महिनाभित्र दाना उद्योग तयार हुने र उद्योगका लागि आवश्यक अत्याधुनिक मेशिन स्वीजरल्याण्डबाट ल्याईने बताए । उक्त मेशिनरी प्लाण्ट खरिदका लागि प्रक्रिया सुरु भइसकेको जानकारी दिए ।
गत फागुन ४ गते मंगलबार उद्योगको भूमि पुजा तथा शिलान्यास सम्पन्न भएको छ । उक्त भूमिपुजा तथा शिलान्यास खुमा अर्यालकी धर्मपत्नी एवं सञ्चालक डा. लुना शर्मा अर्यालले गरेकी थिइन् । हेटौंडा नगरपालिकाबाट अर्को सातासम्म उद्योगको प्रारम्भिक नक्सापास हुने जनाउँदै ढकालले त्यस लगत्तै उद्योग निमार्णको काम शुरु हुने बताए । त्यसपछि वातावरणीय प्रभाव मुल्याङ्कन (आईइई) गरिने जानकारी दिदै उनले जनकपुरमा निमार्णधीन लेर्यस र्फाम र स्याङ्जाको चालु पोल्ट्री फार्मको लागि चाहिने दाना यहाँबाटै पुरा गरिने बताए ।
नेपालमा फिड ईन्डष्ट्रिज धेरै भई बजार हिस्सा सानो भएपनि यो बाध्यताको उपज भएको उनले बताए । स्याङ्जाको खिलुङ्गकालिका पोल्ट्री फार्मले नै बार्षिक ३५ करोड हाराहारीका दाना खपत गर्ने गरेको सुनाउँदै उनले लागत घटाउन कै लागि पनि आफ्नै दाना उद्योगको परिकल्पना गरिएको ढकालको भनाई छ । गुणस्तरीय दानाको बजार संभावना पनि रहेकोले यस उद्योगबाट उत्पादित दाना व्यवसायिक रुपमा बजारमा पनि बिक्री गरिने उनले जानकारी दिए ।
नेपाल व्यवसायिक कृषितर्फ लम्किरहेको तथा राज्यले पनि यस क्षेत्रलाई प्राथमिकतामा राखेकोले बजार अझ बढ्ने उनको विश्वास छ । पछिल्लो समय व्यवसायिक पशुपालनमा पनि जनता आर्कषित भएकाले क्याटल फिडको मार्केट उत्तिकै रहेकाले गुणस्तरीय दाना उत्पादन गर्न युरोपेली ब्राण्डको प्लान्ट ल्याउन लागिएको उनको भनाई छ ।
बरु नेपालमा दाना उत्पादनका लागि चाहिने कच्चापर्दाथको ठूलो समस्या रहेको बताउँदै ढकालले राज्यले त्यसको लागि सहजीकरण गरिदिनु पर्ने बताए । दानाका लागि ६० प्रतिशत मकै, २० प्रतिशत भटमास तथा बााकी अन्य चीजहरु चाहिने उल्लेख गर्दै उनले मकैमा २० प्रतिशत मात्र आन्तरिक उत्पादनले धान्ने भएकाले बाँकी विदेशबाटै आयात गर्नुपर्ने बाध्यता रहेको सुनाए । अझ भटमासमा त पुरै आयातमा परनिर्भर हुनुपर्ने बाध्यता रहेको उनको भनाई छ ।
जनकपुर एग्रो फार्मको काम तीव्रगतिमा
प्रदेश नं. २ को राजधानीका रुपमा रहेको धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाको धारापानीमा सञ्चालनमा आउन लागेको जनकपुर एग्रो फार्म प्रालिको निमार्ण कार्य तीव्र रुपमा अघि बढेको ढकालले जनाए । डेढ महिना अघि जनकपुरमा करिब दुई अर्ब लगानीमा ६ लाख लेयर्स कुखुरा फार्मको शिलान्यास गरिएको थियो।
त्यो फार्मको निर्माण तीव्रगतिमा भएका कारण पनि हतारहतार दाना उद्योग स्थापना गर्नुपर्ने अवस्था आएको बताउँदै ढकालले भने, “पोल्ट्री फार्म भन्दा पहिला दाना उद्योग सञ्चालनमा ल्याउनका लागि पनि हेटौंडा प्रोजेक्टलाई ९ महिनाभित्रै सम्पन्न गर्नुपर्ने बाध्यता रहेको छ ।”
बहुउद्देश्यीय कृषि परियोजनाको रुपमा सञ्चालन हुन लागेको उक्त फार्मले अण्डाका साथसाथै अर्गानिक कृषि मल, बिद्युत तथा बाँयोग्यास पनि उत्पादन गर्ने लक्ष्य लिएको छ ।
परियोजनाबाट एक मेगाबाट बिद्युत उत्पादन तथा बाँयोग्यास (एलपीजी खाना पकाउने ग्यास) एवं कृषक ब्राण्डको अर्गानिक मल पनि उत्पादन गर्ने लक्ष्य लिईएको छ । बहुआयामिक यस उद्योगबाट केही पनि खेर नजाने गरी मल्टी डाईमेन्सन प्रोजेक्टका रुपमा अघि बढाईने लक्ष्य राखिएको छ ।
र याे पनि :-
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवनको गाजर र चुकन्दर जर्मनी निर्यात
फागुन ४, २०८१ आइतबार
तोरीखेतीतर्फ आकर्षित हुँदै भद्रपुरका किसान
फागुन ३, २०८१ शनिबार
प्रणय दिवसका अवसरमा टीकापुरलाई गुलाबको सहर बनाउन अभियान सुरु
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
सोविता गौतम र सुमना श्रेष्ठलाई बोल्न नदिएकोबारे सभामुखको प्रष्टीकरणः स्टन्टबाजी भयो
फागुन ६, २०८१ मंगलबार
शपथ खाएर झुटो बोलेको भन्दै सिंगापुरका सांसदलाइ १४ हजार डलर जरिवाना
फागुन ६, २०८१ मंगलबार
मुस्ताङको कैह्योलोङ गुफा ओझेलमा
फागुन ६, २०८१ मंगलबार
क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो
फागुन ६, २०८१ मंगलबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार