जनताको आर्थिक, सामाजिक रुपान्तरण नै जनचाहना : अध्यक्ष तिमिल्सिना
नेपालबहस संवाददाता
फागुन ७, २०७७ शुक्रबार १३:२:२
७ फागुन, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लोकतान्त्रिक शासन व्यवस्थासँगै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरण नेपाली जनताको चाहना भएको बताएका छन । उनले भने, “मुलुकमा आर्थिक सक्षमता, सामाजिक तथा सांस्कृतिक सद्भाव तथा ऐक्यबद्धता भएमात्रै नेपालको संविधानले परिकल्पना गरेको समाजवाद हासिल गर्न सम्भव हुन्छ ।”
सङ्घीय व्यवस्थाअनुसार स्थापित तीन तहका सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न क्रियाशील रहेको भन्दै अध्यक्ष तिमिल्सिनाले दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न प्रजातन्त्रका आधारभूत मूल्यमान्यतालाई जीवन पद्धतिका रुपमा आत्मसात् गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
अध्यक्ष तिमिल्सिनाले ७१औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिदै १०४ वर्षे जहानियाँ निरंकुश राणाशासन अन्त्य गरी नेपालमा प्रजातन्त्र स्थापना गर्न तथा त्यसपछिका लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरे।
निरंकुश राणाशासनको अन्त्य गर्दै विसं २००७ मा स्थापित प्रजातन्त्रिक शासन व्यवस्था जोगाउन नसक्दा मुलुक पुनःतीन दशक तानाशाही पञ्चायती व्यवस्थाको सामना गर्न बाध्य भएको अध्यक्षको सन्देशमा उल्लेख छ । निरंकुशताका विरुद्ध लोकतन्त्रवादी राजनीतिक दल र नेपाली जनताको निरन्तरको सङ्घर्षबाट बहुदलीय प्रजातन्त्र हुँदै देश अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश गरेको सन्देशमा उनले स्मरण गरे ।
नेपाली जनताको सात दशकभन्दा लामो सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै नेपालको संविधान २०७२ जारी भएको तथ्य पेश गर्दै अध्यक्ष तिमिल्सिनाले आन्दोलनमा प्रतिविम्बित जनइच्छाअनुसार नै आज हामीले गर्वका साथ सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धति अपनाइरहेका छौँ भनेका छन् ।
नेपालको संविधानले प्रजातन्त्रका मूलभूत मान्यता कानूनी शासन, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, मानवाधिकार, मौलिक अधिकार, वालिग मताधिकार सुनिश्चित गरेको भन्दै उनले वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, लैङ्गिक समानता संविधानको मूल विशेषता भएको सन्देशमा उनले उल्लेख गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
पार्टीभित्र गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जान्छः महामन्त्री थापा
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार