किन बस्दै छ, प्रचण्ड–माधव समूहको लगातार बैठक ?
नेपालबहस संवाददाता
फागुन ७, २०७७ शुक्रबार १९:२१:५३
७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले हठात् प्रतिनिधिसभा विघटन गरेपछि विकसित राजनीतिक घटनाक्रमले सबैभन्दा बढी प्रभावित तुल्याएको प्रचण्ड–माधव समूह अस्तित्व रक्षाको लडाईंमा होमिएको छ । झण्डै दुईतिहाई सदस्य आफ्नो पक्षमा भएपनि पार्टीको आधिकारिकता र चुनाव चिह्न उसले पाउन लगभग नसक्ने स्थिति रहेको छ ।
त्यसले गर्दा यो समूहको राजनीतिक भविष्य नै दाउमा लागेको छ । यद्यपि आफ्नो पक्षको मनोबल उँचो बनाउन भेला बैठक र कार्यक्रम भने निरन्तर गरिरहेका छन् । प्रचण्ड–माधव समूहले आजैपनि श्रृखलाबद्ध मिटिङ राखिरहेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान पार्टी स्थायी कमिटी बैठक बस्यो । साथै, दिउँसो २ बजे केन्द्रीय कमिटी बैठक डाकेको छ । बैठकमा सबै सदस्यहरुलाई नागरिकता प्रमाणपत्रको सक्कलै लिएर उपस्थित हुन भनिएको छ । लगत्तै साँझ संसदीय दलको समेत बैठक डाकिएको छ ।
यसरी निरन्तर बैठकको श्रृँखला चलाएर प्रचण्ड–माधव समूह प्रधानमन्त्री ओलीलाई कमजोर बनाउन लागेको छ । खासगरी पार्टीको आधिकारिकता र चुनाव चिह्न नै नदिएर निर्वाचन आयोगले देखाएको व्यवहारप्रति यो समूह आक्रमक बन्ने देखिएको छ । केन्द्रीय सदस्यहरुको नागरिकतासहित आयोगमा प्रस्तुत हुने तयारीसमेत रहेको बुझिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
मस्क र रामास्वामीले मागे पारिश्रमिक विना काम गर्ने कर्मचारी
मंसिर १, २०८१ शनिबार
भद्रपुरमा राष्ट्रिय कर दिवस मनाइयो
मंसिर १, २०८१ शनिबार