विप्लव समूह सरकारसँग वार्ता गर्न तयार
नेपालबहस संवाददाता
फागुन ८, २०७७ आइतबार १:४९:०
८ फागुन, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह सरकारसँग वार्ता गर्न तयार भएको छ । विभिन्न चार प्रकारका संयन्त्रमार्फत कुराकानी भएपछि विप्लव समूह वार्ताका लागि तयार भएको हो ।
तर उसले पार्टीमाथि लगाइएको प्रतिबन्ध खोल्नु पर्ने सर्त राखेको छ । त्यस विषयमा सरकार पनि लचिलो भएको छ । सरकारले चन्दका प्रतिनिधिहरूलाई सहज हुने वातावरण बनाउने बचन दिएको छ ।
स्रोतका अनुसार अहिले चार फरक-फरक संयन्त्रमार्फत प्रतिबन्धित नेकपासँग सरकारले कुराकानी गरिरहेको छ । पहिलो संयन्त्र जेलमा रहेका नेताहरू धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीमार्फत सरकारले कुराकानी गरिरहेको छ । केही समयअघि खानेपानी मन्त्री मणि थापाले नख्खु जेलमा रहेका नेता ओलीलाई भेटेको तथ्य बाहिरिएको थियो ।
सरकारले अर्कोतर्फ वार्ताको वातावरण निर्माण गर्न भन्दै पक्राउ परेका नेता अनिल शर्मा विरहीलाई छोडेको थियो । त्यस्तै चन्द र सरकारलाई नजिक्याउन पहिले चन्दको पार्टीका काम गरेका र अहिले अलग भएकाहरूले पनि कुराकानी गरिरहेका छन् । त्यसमा गुणराज लोहनीलगायतका नेताहरू रहेको गृह मन्त्रालय स्रोत बताउँछ ।
अहिले वार्ता कहिले र कसरी गर्ने भन्ने विषयमा प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीका प्रतिनिधिहरू र चन्दका प्रतिनिधिहरूबीच कुराकानी भइरहेको र त्यसलाई अब मन्त्रिपरिषद् बैठक बस्नु अगावै टुंगोमा पुर्याइने प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।
शनिबार विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति जारी गर्दै आफूहरुको क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारलागि गरिएको सचेत पहल भएको बताएका छन् । उनले भनेका छन्, ‘यस प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको जानकारी गराउँदैछौं ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय तह उपनिर्वाचन: कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
कात्तिक ३०, २०८१ शुक्रबार
समाजवाद जबर्जस्ती थोपरेर आउँदैन, जगैदेखि निर्माण गर्ने कुरा हो: अध्यक्ष प्रचण्ड
कात्तिक ३०, २०८१ शुक्रबार
जलवायु उत्थानशील दिगो विकास हाम्रो प्राथमिकताः वनमन्त्री शाही
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ
मंसिर १, २०८१ शनिबार
चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण
मंसिर १, २०८१ शनिबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति
मंसिर १, २०८१ शनिबार
जुनको उज्यालोमा मकै सुकाउने पर्व
मंसिर १, २०८१ शनिबार