प्रधानमन्त्री ओलीले जनतासँग माफी माग्नु पर्छ : पौडेल
नेपालबहस संवाददाता
फागुन ९, २०७७ आइतबार १७:१४:१३
९ फागुन, स्याङ्जा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी ओलीले जनतासँग माफी माग्नु पर्ने बताएका छन् । नेपाल तरुण दल आँधीखोला गाउँपालिका स्याङ्जाले आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थितिबारे अन्तरक्रिया तथा सम्मान कार्यक्रम’ मा पौडेलले ओली सरकारले कुनै काम गर्न नसकेको, लोकतन्त्र रक्षा गर्न नसकेको, चुनावमा सम्वृद्ध नेपाल बनाउने सपना देखाएर जनतालाई झुक्याएको आरोप लगाए ।
नेकपाको दुई तिहाइ मत प्राप्त सरकारले देशको नेतृत्व गर्न नसकेको उनको भनाइ थियो । लामो समयपछि आन्दोलनबाट प्राप्त लोकतन्त्र नेकपा सरकारमा गएपछि झन् धरापमा पार्दै गएको, तीन वर्षसम्म कुनै ठोस परिवर्तन गर्न नसकेको आरोप पौडेलले लगाए ।
कोभिड-१९ का कारण जनता अफ्ठयारोमा पर्दा पनि सरकारले कुनै योजना ल्याउन नसकेको, चौतर्फी भ्रष्टाचार र महङ्गी मौलाउँदा पनि सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको पौडेलको भनाइ छ ।
ओली नेतृत्वको सरकारले गराउने चुनाव निष्पक्ष हुने नसक्ने उनले बताए । असंवैधानिक कदम नसच्याइ गरिने चुनावको वैधानिक हुन नसक्ने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय तह उपनिर्वाचन: कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
कात्तिक ३०, २०८१ शुक्रबार
समाजवाद जबर्जस्ती थोपरेर आउँदैन, जगैदेखि निर्माण गर्ने कुरा हो: अध्यक्ष प्रचण्ड
कात्तिक ३०, २०८१ शुक्रबार
जलवायु उत्थानशील दिगो विकास हाम्रो प्राथमिकताः वनमन्त्री शाही
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ
मंसिर १, २०८१ शनिबार
चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण
मंसिर १, २०८१ शनिबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति
मंसिर १, २०८१ शनिबार
जुनको उज्यालोमा मकै सुकाउने पर्व
मंसिर १, २०८१ शनिबार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मंसिर १, २०८१ शनिबार