चालू आवभित्रै कान्ति राजमार्गको कालोपत्र सकिने
नेपालबहस संवाददाता
फागुन ९, २०७७ आइतबार २०:२८:२८
९ फागुन,काठमाडौं । काठमाडौंलाई हेटौँडासँग जोड्ने वैकल्पिक सडक कान्ति राजमार्गको निर्माण चालू आवभित्रै सम्पन्न गर्ने योजना बनाइएको छ । सडक निर्माण शुरु भएको लामो समय बितेकाले सडक विभागले दुई लेन निर्माण गर्ने लक्ष्य बनाएको छ । छयासी किमीमध्ये १५ किमी कालोपत्र बाँकी रहेकामा कठिन भूगोलका कारण झण्डै पाँच किमी सडकमा अझै केही वर्षसम्म कालोपत्र नगरिने कान्ति राजमार्ग सडक योजनाले जनाएको छ ।
त्यसबाहेक १० किमी सडक चालू आवभित्रै निर्माण हुने योजनाका सूचना अधिकारी दीपेश रजकले बताएका छन् । पछिल्ला केही वर्षयता वर्षेनी वर्षाका समयमा पहिराले गर्दा सडक अवरुद्ध हुने गरेको झण्डै पाँच किमी सडक तत्कालका लागि कालोपत्र नगरिने योजनाको लक्ष्य छ । ललितपुरको छपेली आसपास एक किमी र बीचबीचमा विभिन्न खण्ड एवं थोरै मकवानपुर खण्डमा काम गर्न कठिन रहेको रजकले बताएका छन् ।
नयाँ सडक भएकाले त्यहाँ कालोपत्र गरिए पनि नटिक्ने उनले बताए । केही वर्षसम्म हेरेर जमीन स्थिर भएपछि मात्रै कालोपत्र गर्न उपयुक्त हुनेछ । सो स्थानमा कालोपत्र बाँकी राखेर अरु काम चालू आवभित्रै गरेर आवतजावतमा सहज बनाइने योजनाको लक्ष्य छ । विगतमा विभिन्न समस्याका कारण सडक निर्माणले गति लिन सकेको थिएन । गत आवमा विश्वव्यापी कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण सडक निर्माण हुन नसकेपछि अहिले छ महिना अवधि थपिएको योजनाले जनाएको छ । चालू आवमा भने राम्रो गतिमा निर्माणको काम अघि बढिरहेको उनले बताए ।
कुनै समस्याले निर्माणमा अवरोध आएमा नसकिने भए पनि सबै सहज भए यस वर्ष कालोपत्र सक्ने लक्ष्य लिइएको सूचना अधिकारी रजकले बताए । चालू आवमा कालोपत्र गर्ने भनिएको १० किमी सडकमा नाली बनाउने, पर्खाल लगाउनेलगायत आधारभूत काम भइरहेको छ । गत आवमा १५ किमी सडक कालोपत्र गर्ने लक्ष्य लिइए पनि साढे आठ किमी कालोपत्र भएको र आवश्यक पूर्वाधारसमेत अघि बढाइएको थियो । कालोपत्रको काम अपेक्षा गरिएअनुसार नभए पनि अरु प्रगति लक्ष्यअनुसार रहेको योजनाले जनाएको छ ।
सडकको रेखाङ्कनमा रहेका तीन पुलमध्ये सबै निर्माण सम्पन्न भइसकेको छ । पुलको चौडाइ कम भएकाले त्यसलाई सडकको चौडाइजतिकै बनाउन खाँचो रहेको सूचना अधिकारी रजकले जानकारी दिएका छन् । सडकको ट्र्याक दुई लेन भएकाले पुललाई पनि त्यत्तिकै चौडाइमा स्तरोन्नति गर्ने योजना बनाइएको छ ।
साढे नौ मिटर चौडाइको सडकमा सात मिटर सडक तथा साढे दुई किमी नालीलगायत संरचना बनाइएको छ । देशभरका अरु राष्ट्रिय राजमार्गमा जस्तै सो राजमार्गमा पनि सडकको अधिकार क्षेत्र (राइट अफ वे) समस्या छ । पहिले सहायक सडक (फेदर रोड) का रुपमा रहेकामा सरकारले गत आवमा राष्ट्रिय राजमार्गका रुपमा सूचीकृत गरेको छ । राष्ट्रिय राजमार्गको चौडाइ सडक केन्द्रबाट ३१÷३१ मिटर हुनुपर्ने मापदण्ड भए पनि पहाडी क्षेत्रमा त्यो कायम गर्न सजिलो नभएको सूचना अधिकारी रजकले बताए ।
गत वर्षसम्म ९० किमी लम्बाइ रहेको सडकको लम्बाइ अहिले ८६ किमी छ । राजमार्गको शुरुविन्दु हेटौँडाको बुद्धचोक तथा अन्तिम विन्दु पहिले सातदोबाटो भए पनि अहिले ‘अलाइनमेन्ट’ परिवर्तन भएकाले लम्बाइ कम भएको छ । राजमार्गको छ किमी सडक निर्माण डिभिजन सडक कार्यालयले गरिहरहेकाले योजनाले ७९ किमी सडक निर्माण गरिरहेको छ । त्यसमध्ये ५१ किमी सडक ललितपुर र २८ किमी मकवानपुर जिल्लामा पर्छन् ।
निर्माण शुरु भएको छ दशकपछि कान्ति लोकपथ अन्तिम चरणमा पुगेको छ । विसं २०७२÷७३ पछि सरकारको प्राथमिकतामा परेसँगै सडकको स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढिरहेको छ । सरकारले सो सडकलाई पहिलो प्राथमिकता ९पिवान० मा राखेसँगै योजना कार्यालयको स्थापना भएको थियो । सरकारले एक दशकयता वर्षेनी राजमार्गका लागि बजेट विनियोजन गर्दै आएको छ ।
निर्माणाधीन सो राजमार्गलाई हेटौँडाबाट मुग्लिन हुँदै काठमाडौँसम्मको २२६ किमी लम्बाइको र हेटौँडाबाट पालुङ हुँदै काठमाडौँ आउने १३६ किमी सडकको विकल्पका रुपमा समेत हेरिएको छ । राजमार्ग निर्माण सम्पन्न गर्न मकवानपुरतर्फ करीब रु ८५ करोड र ललितपुरतर्फ करीब रु एक अर्ब खर्च लाग्ने अनुमान गरिएको थियो । प्रदेश नं ३ को राजधानी हेटौंडा तोकिएपछि पनि सो राजमार्गको महत्व अझै बढेको छ । सङ्घीय राजधानीलाई तराई÷मधेशसँग जोड्ने सडकमध्ये निर्माणाधीन काठमाडौँ–तराई÷मधेश दु्रतमार्ग सबैभन्दा छोटो हुनेछ । यो सडकको समेत विकल्पका रुपमा कान्ति राजमार्गलाई लिइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज
मंसिर १३, २०८१ बिहिबार
म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार