वडा कार्यालय तोडफोड गर्नेलाई स्याङ्जा प्रहरीले किन कारवाही गरेन् ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
फागुन ९, २०७७ सोमबार ०:३४:५५
![](https://nepalbahas.prixacdn.net/media/albums/todfod_zbgrqFywcv.jpg)
९ फागुन, स्याङ्जा । वडा कार्यालय तोडफोडको बिषयमा परेको किटानी जाहेरीमा प्रहरीले सक्रियता नदेखाएको पीडितले गुनासो गरेका छन् । कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ को कार्यालय तोडफोड गर्ने तथा वडा अध्यक्षलाई ज्यानमार्ने धम्की विरुद्ध परेको किटानी जाहेरीमा अहिलेसम्म प्रहरीले अपराधी पक्राउ गरेर कारबाहीको दायरामा ल्याउन नसकेको सोही पीडित वडाध्यक्ष रामबहादुर आलेको गुनासो छ ।
मेरो वडा कार्यालयमा तोडफोड भएपछि म स्वयं उपस्थित भएर किटानी जाहेरी दिएको थिए तर अहिलेसम्म कुनै कारबाही प्रक्रिया अगाडि नबढेको अध्यक्ष आलेको भनाइ छ । वडा कार्यालयको सार्वजनिक सम्पति तोडफोड भएपछि म लगायत साथीहरूको उपस्थितिमा यहीँ फागुन ५ गते किटानी जाहेरी दिएका थियौं तर ती तोडफोड गर्ने ब्यक्ति उपर कुनै कारबाही भएन, आलेले भने ।
स्वास्थ्य चौकीको बिषयमा फागुन ३ गते वडामा भएको भेलामा सोही वडाका खुमबहादुर आले, इन्द्रबहादुर थापा र रेशम सिङ थापाले वडा कार्यालयका टेबुलकुर्ची तोडफोड गर्नुका साथै वडा अध्यक्ष समेतलाई ज्यान मार्ने धम्की दिएको भन्दै वडाध्यक्ष रामबहादुर आले, भगवती पाण्डे, उमबहादुर थापा, लोकबहादुर सुनुवार र फुलमाया सार्कीले फागुन ५ गते वडा प्रहरी कार्यलय वालिङ्मा सयुक्त रूपमा उजुरी दिएका थिए ।
स्याङ्जा प्रहरी प्रमुख होबिन्द्र बोगटीले भने उजुरी उपर काम भैइरहेको र अपराधिक गतिविधि गर्ने जोकोहीलाई पनि कानुन दायरामा ल्याइने बताएका छन् । उनले भने, कुनै पनि अपराधिक गतिविधि विरुद्ध स्याङ्जा प्रहरी सशक्त रूपमा लाग्छ । यो निवेदनको बिषयमा पनि काम भैरहेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
रुख कटान गरेको आरोपमा २ जना पक्राउ
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार
आज कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपात हुने
फागुन ६, २०८१ मंगलबार
प्रतिनिधिसभा बैठक बस्दै, ई–कमर्स विधेयक पेश गरिने
फागुन ६, २०८१ मंगलबार