नेकपा र विप्लव समूहका २७६ नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
फागुन ९, २०७७ सोमबार १:५४:१९
![](https://nepalbahas.prixacdn.net/media/albums/shekhar-koirala-7_UCZR0gGZWY.jpg)
९ फागुन, दमक । जब–जब नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला जिल्ला दौडाहामा निस्कन्छन् तब–तब नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको ताँती पनि लोभलाग्दो रुपमा देखिने गर्दछ ।
केही समय अघिमात्रै सुनसरी र मोरङका विभिन्न स्थानहरुबाट हजारौंको संख्यामा विभिन्न पार्टी परित्याग गरी आएका सयौं नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गराएका डा. कोइरालाले हिजो पनि मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट नेकपा माओवादी (विप्लव समूह) का केन्द्रीय सदस्य थानेश्वर दाहाल लगायत पूर्व नेकपा एमालेका मोरङ जिल्ला कमिटि सदस्य थानेश्वर भट्टराई सहित २७६ जना नेकपाका नेता तथा कार्यकर्ताहरुलाई नेपाली कांग्रेसमा प्रवेश गराएका छन् ।
जनतामा कम्युनिष्ट पार्टीप्रतिको वितृष्णा र कोइरालाप्रतिको आकर्षणले अन्य पार्टी छोडरेर नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको संख्या दिनानुदिन बढदै गैरहेको देखिदैछ । जनताले कम्युनिष्टहरुको दोहोरो चरित्र बुझ्न नसक्दा भीडको लहैलहैमा लागेर कम्युनिष्ट बनेका नागरिकहरु वर्तमान नेकपाको दोहोरो चरित्रको उधाङ्गो रुप देखेपछि नेकपाभित्र बस्न सक्ने अवस्था सिद्धिदैं गएको बताउन थालेका छन् ।
अहिले देशमा निष्ठा र ईमान्दारिताको राजनीति गर्नेहरुको संख्यामा निरन्तर ह्रास आईरहेको छ । कमिशन र भ्रष्टाचारको गोलचक्करबाट देशका ठूला भनिएकै दलका नेताहरु पनि अछुत रहन सकेका देखिदैनन् । यस्तो बिषम परिस्थितिमा नेपाली कांग्रेसलाई एक सवल, सक्षम र ईमान्दार नेता तथा कार्यकर्ताहरुको पार्टी बनाउन कोइराला दिन रात नभनी खटिरहेका छन् । उनको यो सक्रियता र क्रियाशिलता देखेर देशमा रहेका युवा शक्तिहरुमा पनि अब ईमान्दारिताको राजनीतिले स्थान पाउने कुरामा विस्तारै विश्वास गर्न थालेका छन् ।
राजधानीमा बसेर सेटिङ्गको राजनीति गर्ने आफ्नै दलका वरिष्ठ नेताहरुलाई समेत ईमान्दारिता र स्वच्छ राजनीतिको पाठ पढाउँदै डा. शेखर अहिले पूर्वी नेपालको दौडाहामा छन् । जहाँ–जहाँ कोइराला पुग्छन् त्यहाँ–त्यहाँ नेपाली कांग्रेसमा प्रवेश गर्ने जनताहरुको लर्को लाग्ने गरेको देखिदैछ ।
बीपी कोइरालाबाट सधैं ईमान्दारिताको राजनीति गर्न उत्प्रेरणा पाएका डा. शेखर नेपाली कांग्रेसको आगामी चौधौं महाधिवेशनमा सभापतिको प्रत्यासीका रुपमा समेत रहेका छन् । नेपाली कांग्रेसले आउँदो महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्ने हल्ला चलिरहेका बेला डा. शेखरको सभापतिको उम्मेद्वारीको प्रसंगले अहिले नेपाली कांग्रेसमा तरङ्ग समेत पैदा गरेको छ ।
जनताले अत्यन्तै आशा र भरोषा गरिरहेका कांग्रेस नेता कोइराला नेपाली कांग्रेसको सभापति बन्न सके अहिले धुमिलिएको नेपाली राजनीति सङ्गलिने मात्र हैन लोकतन्त्रको स्थायित्व र द्रुततर विकासको बाटोमा समेत मुलुकलाई डोर्याउन सकिने कुरामा कांग्रेसीहरु विश्वस्त छन् ।
कोइरालाले हिजो विराटनगरमा आयोजना गरिएको नेकपा ओली समूहको जनसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतप्रति लक्षित गर्दै बोलेको धम्कीपूर्ण अभिव्यक्तिको समेत कडा शब्दमा बिरोध जनाएका छन् । हामी न्यायपालिकालाई सम्मान र विश्वास गर्छौ, देशको कार्यकारी ओहदामा बसेकै ब्यक्तिबाट न्यायपालिका माथिको धावा नेपाली कांग्रेसलाई कुनै पनि हालतमा सह्य हुदैन । यसका विरुद्धमा पनि नेपाली कांग्रेसले प्रतिकार गर्ने जनाएका छन् ।
पार्टी प्रवेश गर्ने सदस्यहरुले नेपाली कांग्रेसको नीति र विचार मन परेर नै हामीहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हौं भन्दै अबका दिनमा सुन्दरहरैचामा नेपाली कांग्रेस, लोकतन्त्र र स्वतन्त्रताका पक्षमा भीमसेन स्तम्भ झै शक्तिशाली भएर उभिने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
फागुन ३, २०८१ शनिबार
‘बाल विवाह सामाजिक समस्या’
फागुन १, २०८१ बिहिबार
‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’
माघ २७, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार