पथलैया ट्राफिकको असुलीधन्दा, कांग्रेस सांसद बानियाँको सेटिङमा भारबहन गाडीलाई फाइदै फाइदा
नेपालबहस संवाददाता
फागुन ९, २०७७ सोमबार १:५९:३६
९ फागुन, बारा । प्रदेश २ को ट्राफिक प्रहरी कार्यालय पथलैयाले असुलीधन्दालाई तीव्रता दिएको खबर छ । क्षमता भन्दा बढी भारबहन बोक्ने ट्रकबाट प्रति गाडी रकम असुलेर छाड्ने गरिएको समाचार प्राप्त भएको हो । क्षमता भन्दा बढी सामान बोक्ने सवारीसाधन ट्राफिक प्रहरीको लागि घुस असुल्ने गतिलो माध्यम बनेको छ । यस्ता सवारीसाधनबाट मासिक लाखौं रूपैयाँ ट्राफिक प्रहरीले लिने गरेको समेत खुलेको छ ।
पर्साको ड्राइपोट, भन्सार र आईसीपीबाट सामानसहितका भारबहन गाडीले क्षमता भन्दा दोब्बर मात्रै नभएर अझ बढी सामान बोक्ने गरेको र उनीहरूले बारा र पर्साका ट्राफिक प्रहरीलाई मात्रै नभएर पथलैयास्थित दुई नम्बर प्रदेशका ट्राफिक प्रहरी प्रमुखको नाममा समेत मोटो रकम दिने गरेको खुलेको छ । यी ठाउँबाट निस्कने मालबाहक गाडीको क्षमता र स्वीकृति बढीमा २७ टन बोक्ने भएपनि ती गाडीले ७५ देखि ८० टन सामान बोक्दै आएका छन् । २१ टन बोक्ने क्षमता भएकाले ५० देखि ५५ टन सामान बोक्दै आएका छन् ।
यसरी क्षमता भन्दा अत्याधिक सामान बोक्ने गाडीहरूबाट ट्राफिक प्रहरीले मोटो रकम लिने गरेको छ। पथलैयास्थित प्रदेश ट्राफिक प्रहरीमा हिमालय श्रेष्ठ सरूवा भएर आएको चारदिनसम्म भने क्षमता भन्दा बढी सामान बोक्ने सवारीसाधनलाई नियन्त्रणमा लिदै कतिलाई ट्राफिक प्रहरी आफैले त कतिलाई यातायात कार्यालय पठाएर कारवाही गरिएको थियो । त्यसलगत्तै कारवाही गर्ने काम छोडियो ।
कारवाहीमा पर्ने सवारीसाधनमा बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता एवं व्यापारी इन्द्र बानियाँका समेत थिए । बानियाँ एसपी श्रेष्ठलाई भेट्न पथलैया ट्राफिक प्रहरी कार्यालय नै पुगेका थिए । त्यसपछि ट्राफिक प्रहरीले क्षमता भन्दा बढी सामान बोक्ने सवारीसाधनलाई कारवाही गर्न नै छाडिदिएको छ। भन्सारबाट आउने ट्रक, ट्रिपरले १७/१८ टनसम्म बोक्ने भनिए पनि २१/२२ टनसम्म सामान ल्याउने गरेको भेटिएको छ ।
मालवाहक सवारीसाधनको भारवहन नियमनसम्बन्धी निर्देशिका, २०७४ लागू भइसकेको छ । ट्राफिक प्रहरीले कारवाही नगरी छोडेपछि यातायात व्यवस्था बिभागले अनुगमन र कारवाही प्रक्रिया अघि बढाउने भएको छ । तौल पुल निर्माण गरेर बढी सामान बोक्ने त्यस्ता सवारीलाई जरिवाना गरेर कारबाही गर्न लागिएको हो । यातायात व्यवस्था विभागमार्फत चितवनको आँपटारी र महोत्तरीको बर्दिबासमा तौल पुल बनाइएको छ । ती पुलमा तौल जाँच गराएर मात्र मालवाहक सवारीलाई गन्तव्यतिर पठाइनेछ र यसका लागि विभागका कर्मचारी र ट्र्राफिक प्रहरी खटिनेछन् ।
एक महिनासम्म पुलमा तौल जाँच गरिने र क्षमताभन्दा बढी तौल बोक्नेलाई कम बोक्न सम्झाइबुझाई गरिनेछ, । त्यसपछि भने बढी सामान बोक्नेलाई नियमअनुसार जरिवाना गराइनेछ । त्यही अनुसार तौल पुल निर्माण गरिएको हो । सडक जति पैसा खर्च गरेर राम्रो बनाएपनि जबसम्म क्षमताभन्दा बढी सामान बोक्ने सवारी नियन्त्रण गर्न सकिँदैन, तबसम्म सडकमा पैसा खर्च गर्नु बालुवामा पानीसरह हो ।
एउटा पुल बनाउन १ करोड ४० लाख रुपैयाँ लागेको छ । यसले सडक दुर्घटना कम गराउनेछ । सडकको आयु पनि बढाउने छ । तौल पुल बनाउन विभागमा ८/१० वर्षदेखि बजेट आए पनि कार्यान्वयन हुन सकेको थिएन । तौल पुल चौबीसै घण्टा सञ्चालनमा आउनेछन् । पुलमा एकपटकमा ८० टनसम्म तौल जाँच्न सकिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
जेठ ५, २०८१ शनिबार
नेपाल प्रहरीका ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार
झापाबाट १० महिनामा ३ सय ७२ लागुऔषध कारोबारी पक्राउ
जेठ ५, २०८१ शनिबार
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी
जेठ ५, २०८१ शनिबार