पर्यटकीय सम्भावनाको पुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
फागुन १०, २०७७ सोमबार १६:३५:५४
![](https://nepalbahas.prixacdn.net/media/albums/suklafata_ScAYf3tKBh.jpg)
१० फागुन, कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यापर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आइतबारदेखि चौथो शुक्लाफाँटा पर्यटन महोत्सव शुरु भएको छ । ‘पर्यटकीय सम्भावनाको पुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज’ भन्ने नारासहित शुरु भएको महोत्सव एक सातासम्म सञ्चालन हुनेछ ।
महोत्सवको उद्घाटन कार्यक्रममा वन तथा वातावरणमन्त्री प्रेम आले मगरले निकुञ्जको प्रचारप्रसार गरी पर्यटक अभिवृद्धिमा जोड दिनुपर्ने बताए । उनले जैविक विविधता संरक्षणँंगै जनावर र मानवबीचको द्वन्द्व समाधानका लागि वन मन्त्रालयले कार्यक्रम सञ्चालन गर्ने बताए । निकुञ्जभित्रका पुरिँदै जान थालेका ताल तलैयाको संरक्षणसँगै बाटोलगायतको पूर्वाधार निर्माणका लागि मन्त्रालयले कार्य अगाडि बढाउने उनले जानकारी दिए ।
नगर कोभिड–१९ को महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई चलायमान बनाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्टले बताए । पर्यटन प्रवद्र्धनसँगै यहाँका नागरिकको जनजीवनसँग समेत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई जोड्नुपर्ने उनको भनाइ थियो ।
निकुञ्जमा ठूलो घाँसे मैदानसँगै स्तनधारी जीवजन्तु, थोरै क्षेत्रफलमा धेरै पाटे बाघको जनघनत्व, हात्ती, गैँडा, घस्रने जन्तु, उभयचर, माछा, पुतली र ४५० प्रजातिका चराहरु पाइन्छन । सबैभन्दा ठूलो बथानका रूपमा बाह्रसिङ्गाको झुण्ड निकुञ्जमा सहजै हेर्न सकिन्छ । निकुञ्ज ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । निकुञ्ज नजिकै रहेका बासिन्दाको आफनै खाले संस्कृति, परम्परा र चालचलन रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक
फागुन २, २०८१ शुक्रबार
द क्लिफमा मेगाट्रोल सञ्चालनमा
फागुन २, २०८१ शुक्रबार
पाइलट बन्न छाडेर पर्यटन क्षेत्रमा जमेका ‘सङ्घर्ष’
माघ ३०, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार