विद्यालयमा पढ्ने चिन्ताभन्दा घरको कामको चिन्ता बढी
नेपालबहस संवाददाता
फागुन ११, २०७७ मंगलबार १७:३८:२८
११ फागुन,जाजरकोट । आइतबार अपराह्न ३ः०० बजे छेडागाड नगरपालिका–१ का आठ वर्षीयादेखि १५ वर्षीया छात्रा जङ्गलमा हँसिया र नाम्लोसँगै भेटिए । सडककै छेउमा रहेको जङ्गलमा भेटिएका सबै छात्राले कक्षा ३ देखि ९ सम्म कालिका माध्यमिक विद्यालय सोडारीमा पढ्ने विद्यार्थी रहेको बताए । बिहान विद्यालय गएर हत्तपत्त पढाइ सकी उनीहरु घर आएर सिधै जङ्गलमा घाँस–दाउराका लागि आएको कक्षा ६ मा पढ्ने कालिका रानाले बताइन् ।
“घरमा आमा छन्, दाइ र बाबा भारत गएका छन्, आमालाई काममा सघाउनका लागि जङ्गल आएकी हुँ”, उनले भनीन् । उनीसंगै कक्षा ९ मा पढ्ने छात्रा रविना बुढाले घरमा नास्तासमेत नखाई सिधै जङ्गलमा आएको बताइन् । उनले भनीन्, “विद्यालयमा पढ्ने चिन्ताभन्दा घरको कामको चिन्ता बढी हुँदा पढाइ बिग्रिएको छ । विद्यालयमा पढाएको कुरा घरमा आएर हेर्नसमेत पाउँदिन, कामको चापले गर्दा हैरान छु ।”
कोरोनाका कारण बल्लतल्ल सञ्चालन भएका विद्यालयका विद्यार्थी घरायसी कामले घरमा पढ्न नपाउँदा पीडा भएको सुनाउँछन् तर त्यसको विकल्प उनीहरुसँग नहुँदा पढ्न नपाएको घाउ जति दुखे पनि सहन बाध्य छन् । “विद्यालयमा थोरै पढाइ भएको छ, घरमा पढ्ने वातावरण छैन”, अर्की छात्रा मेलिना थापाले भनीन्, “न घरको काम राम्रोसँग हुन्छ न विद्यालयको पढाइ नै, विद्यालयबाट ल्याएको गृहकार्यसमेत गर्न नपाउँदा परीक्षामा अङ्क राम्रो आउँदैन ।” घरायसी काममा समय बढी बिताउनुपर्ने बाध्यताका कारण आफूहरुको पढाइ राम्रो हुन नसकेको उनीहरुको भनाइ छ । अभिभावकले समेत छोरीलाई पढाइभन्दा काममा बढी लगाउने गरेको उनीहरुको आरोप छ । घरमा खाना पकाउनेदेखि घाँस–दाउरासम्मको काममा छोरीलाई नै लगाउँदा पढाइ प्रभावित भएको हो ।
छोरासरह छोरीलाई पनि पढाउनुपर्छ भन्ने चेतना विकास नहुँदा छोरी काममा व्यस्त हुनुपर्ने स्थानीयवासी लालुमाया थापा बताउछिन् । छेडागाड नगरपालिका–१ को मात्रै समस्या नभएर जिल्लाभरिकै समस्या यही रहेको महिला अधिकारकर्मी बताउँछन् । छोराछोरीलाई समान व्यवहारको आवश्यकता परेको अधिकारकर्मी धर्मशीला बस्नेतले बताइन् । उनले भनीन्, “मुखले बोलेर मात्र हुँदैन, व्यवहारमा समेत समान हुनुपर्छ । छोरीलाई बाध्यताले विद्यालय पठाउने गरिएको छ, अझै पनि घाँस–दाउरामा लगाइन्छ । विद्यालयबाट छोरा आएपछि मिठो खानासँगै घरमा मजाले बस्ने गर्छन्, छोरी घरको काममा लाग्नुपर्ने अवस्था छ ।”
सदरमुकामलगायत केही बजार क्षेत्रबाहेक अन्य गाउँका अधिकांश छात्राको घरायसी कामको बोझले गर्दा पढाइ राम्रो नभएको महिला अधिकारकर्मी बताउँछन् । कसकी छोरीले कति ठूलो घाँस–दाउरा ल्याइन् भन्नेमा होडबाजी हुँदा पढाइ बिग्रिएको उनीहरुको भनाइ छ । कसकी छोरीको पढाइ कति राम्रो भन्ने प्रतिस्पर्धा गर्नुपर्नेमा उल्टो दिशातिर समाज गइरहेको अर्की अधिकारकर्मी पार्वती विकले बताइन् । सामान्य कृषकको घरमा मात्र नभई जनप्रतिनिधि र पढेलेखेकाको घरमा समेत छोरीलाई विभेद भएको विकको भनाइ छ ।
“छोरा र छोरीको विभेदले गर्भमै छोरीले मृत्यु वरण गर्नुपर्ने पीडा त छँदैछ, खुला संसारमा आइपुग्दासमेत यस्तो विभेदमा छोरीले परिवर्तनको अनुभूति गर्न सकेका छैनन्”, विकले भनीन् । स्थानीय तहमाथि पनि छात्राहरुको सुरक्षादेखि कुनै खालका सहयोगका कार्यक्रम सञ्चालन नगरेको आरोप लाग्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार