अस्पतालका लागि २८ रोपनी जग्गादान
नेपालबहस संवाददाता
फागुन ११, २०७७ मंगलबार २०:५७:२४
११ फागुन,दैलेख । दैलेख आठबिस नगरपालिका–३ कुमालखाँडावासीले १०० श्ययाको अस्पतालका लागि २८ रोपनी जग्गादान गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र नगरपालिकाको संयुक्तरुपमा व्यवस्थापन हुने १०० श्ययाको अस्पतालका लागि कुमालखाँडावासी १८ जना स्थानीयवासीले २८ रोपनी जग्गादान गरेका हुन् ।
ट्रमा सेवासहितको अस्पतालका लागि ४० रोपनी क्षेत्रको जग्गा आवश्यक भएकामा २८ रोपनी निःशुल्क प्राप्त भई बाँकी जग्गा लिन थोरै कागजी प्रक्रिया नमिलेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका निर्देशक धर्मराज गोसार्ईंले जानकारी दिएका छन् । “प्रतिष्ठान र नगरपालिकाको पहलमा यही फागुन १० गते जग्गादान गर्नेहरुबाट अस्पतालका नाममा जग्गा पारित भएको छ”, निर्देशक गोसाईंले भने, “प्रतिष्ठानले एकजना मेडिकल अधिकृत पठाएर हाल स्वास्थ्य सेवा पनि दिइरहेको छ ।” जुम्ला प्रतिष्ठानले विशेषज्ञ अस्पताल निर्माण गरेर गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने ध्येयले राकम कर्णालीमा यो कार्य थालिएको हो ।
निर्देशकका अनुसार राकम कर्णालीमा अस्पताल निर्माणार्थ डिपिआर तयारीका लागि कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रलयाले चालू आवमा रु एक करोड बढी बजेट विनियोजन गरिसकेको छ । अस्पताल निर्माणका लागि नगरपालिका र प्रतिष्ठानबीच विसं २०७६ फागुन १० गते सम्झौता भएको थियो ।
राकम अछाम, कालीकोट र दैलेखको ट्रान्जिट भएकाले यहाँ प्राप्त हुने सेवाको लाभ तीन जिल्लाका जनताले लिने सो नगरपालिकाका गगन कार्कीले जानकारी दिए । कार्कीले अस्पतालका लागि अब १३ रोपनी एकजना व्यक्तिले निःशुल्क दिने कागज गरिसकेको तर उक्त जग्गा नापी जाँदा छुट भई सम्बन्धित व्यक्तिको नाम नआएकाले तत्काल उनको नाममा ल्याएर अस्पतालको नाममा पास गरिने बताए ।
उनका अनुसार पदम बडुवाल, पहराम, मदन, मन परे कार्कीलगायत व्यक्तिले जग्गदान गरेर यस क्षेत्रका नागरिकहरुका लागि ठूलो योगदान दिएका छन् । यता नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख देवराज तिमिल्सेनाले अब सानो रोग लागेर सुर्खेत नेपालगञ्ज जाने बाध्यताबाट यहाँका नागरिकहरुले मुक्ति पाउने बताएका छन् ।
केही वर्षभित्रै राकमबाटै नागरिकहरुले गुणस्तरीय स्वास्थ्य उपचार सेवा लिन पाउने उनको भनाइ थियो । अस्पताल निर्माण हुँदै गरेको राकम कर्णालीलाई पछिल्लो समयमा नयाँ शहरका रुपमा विकास गर्न लागिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
प्रहरीले दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गरायो
मंसिर ११, २०८१ मंगलबार
भक्तपुरमा राजश्व संकलन गत वर्षभन्दा राम्रो
मंसिर ११, २०८१ मंगलबार
आरबीआईका गभर्नर शक्तिकान्त दास अस्पताल भर्ना
मंसिर ११, २०८१ मंगलबार
बक्यौता रकम नपाएसम्म लिग नखेल्ने 'बी' डिभिजन क्लबको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
कन्ताराः च्याप्टर-१ को सुटिङ बस दुर्घटनाग्रस्त, २० जना घाइते
मंसिर ११, २०८१ मंगलबार