जमीन र घर माग्दै वादी समुदाय धर्नामा
नेपालबहस संवाददाता
फागुन ११, २०७७ बुधबार १:२३:४१
११ फागुन, वीरेन्द्रनगर । जमीन माग्दै कर्णालीका वादी समुदाय मुख्यमन्त्री कार्यालय मूलद्वार अगाडि धर्नामा बसेका छन् । सोमबार बेलुकादेखि उनीहरु जमीन र घर माग्दै मुख्यमन्त्री कार्यालय नजिकै धर्नामा बसेका हुन् ।
वादी समुदायले खेतीपाती गर्नका लागि स्थायी लालपुर्जासहितको जमीन, बस्नका लागि घर र रोजगारीको माग पूरा नहुँदासम्म मुख्यमन्त्री कार्यालयको द्वार नछाड्ने बताएको छ । आज दिउँसो पत्रकारसँग कुरा गर्दै उनीहरुले आफ्ना माग पूरा नभएसम्म धर्नामा बस्ने बताएका छन् । माछा मार्ने, बालुवा चाल्ने र मादल बनाएर गुजारा चलाउँदै आएका यी समुदाय परम्परागत पेशा लोप भएपछि सङ्कटमा रहेका छन् ।
परम्परागत पेशा लोप भएपछि साँझ बिहानको गुजारा चलाउन पनि समस्या भएको वादी समुदायका अगुवा हिक्मत वादीले बताए । “हामीलाई माछा मार्न स्थानीय सरकारको अनुमति चाहिन्छ । मादल र सुल्पा बिक्री हुँदैनन्”, उनले भने,, “हाम्रो अरु केही विकल्प नभएपछि जमीन र घर माग्दै सरकार गुहार्न आएका हौँ ।”
स्थानीय सरकारलाई आफ्ना गुनासा सुनाउँदा उनीहरुबाट सुनुवाइ नभएपछि प्रदेश सरकारसँग जमीन माग्न सुर्खेत आएको धर्ना बसेका प्रेम वादीले बताए । उनले भने, “हाम्रो समुदायलाई स्थायी पूर्जासहितको जमीन, बास र रोजगारीको ग्यारेन्टी नहुँदासम्म घर फर्किदैनौँ ।”
जमीन र घर माग्दै आएका वादी समुदायसँग अहिले छाना, नाना र खाना छैन । चिसो मौसममा खुला आकाशमुनि धर्नामा बसिरहेका छन् । परम्परागत पेशाले जीवन धान्न नसकिने भएकाले जमीन माग्न आएको हरि वादीले बताए । कालीकोट र दैलेखका करीब ४०० को सङ्ख्यामा वादी समुदाय सुर्खेतमा आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार