कांग्रेसकाे समर्थन जसलाई हुन्छ, उसैकाे सरकार बन्ने देखियाे
नेपालबहस संवाददाता
फागुन १२, २०७७ बुधबार १८:३६:४
१२ फागुन, काठमाडौं । नेपाली कांग्रेस (बीपी) का युवा नेता तथा कार्यालय सचिव सुशिलराज वाग्लेले सामाजिक संजाल फेसबुकमा अबको सत्ताखेलको अंकगणित के हुन सक्छ भन्ने बारे लेखेका छन् ।
हिजो अदालतले गत पुष ५ गते सरकारको सिफारिसमा राष्ट्रपतिबाट विघटन गरिएको प्रतिनिधिसभा कायमै रहेको फैसला गरेपछि अब प्रतिनिधिसभामा सरकार बनाउने खेलको सुरुवात भएको छ ।
वर्तमान प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने र अविश्वासको प्रस्ताव सामना गर्ने बताएका छन् । अविश्वासको प्रस्ताव संविधानको धारा १०० को उपधारा ४ अनुसार एक चौथाई अर्थात ६९ जना सांसदहरूले दर्ता गर्न सक्छन् तर अविश्वासको दर्ता गर्दा संविधानको धारा १०० को उपधारा ५ अनुसार भावी प्रधानमन्त्रीको पनि नाम उल्लेख गर्नु पर्नेछ ।
यसरी दर्ता भएको प्रस्ताव पास हुन संविधानको धारा १०० को उपधारा ६ अनुसार बहुमत अर्थात १३८ जना सांसदहरूको समर्थन आवश्यक पर्छ । यसरी अविश्वासको प्रस्ताव पास हुन तलको गणितीय हेरौं ।
यस अवस्थामा नेपाली कांग्रेसको प्रमुख भुमिका रहन्छ । आफै प्रधानमन्त्री लिएर सरकारमा जाने वा दुई नेकपा मध्य एकलाई समर्थन गर्ने । यस्तो हुनका लागि नेकपा बैधानिकरुपमा विभाजन नभएकोले पहिला नेकपा विभाजन हुन आवश्यक हुन्छ र ७६ (२) अनुसार सरकार बन्न सक्छ ।
तर ने.का. मौन बसेमा अविश्वासको प्रस्ताव पनि पास हुँदैन । त्यस अवस्थामा १००(४) अनुसार एकपटक अविश्वासको प्रस्ताव फेल भएमा १ वर्ष अविश्वासको प्रस्ताव ल्याउन पाइदैन । राष्ट्रपति र उप-राष्ट्रपति माथि पनि महाअभियोग संविधानको धारा १०१ को उपधारा १ अनुसार प्रतिनिधि सभाका एक चौथाई सदस्य ६९ जना सांसदहरूले पेस गर्न सक्ने छन् । तर महाअभियोग पास हुन संविधानको धारा १०१ को उपधारा १ अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट कम्तीमा दुई तिहाइ सदस्यबाट पास हुनुपर्ने छ ।
प्रतिनिधिसभा २७५ र राष्ट्रियसभा ५९ सदस्यीय रहेको छ । जसले गर्दा सांसद किनबेच र नेपाली कांग्रेसलाई साथमा लिग्न ठुलो धनराशी तथा प्रधानमन्त्री मन्त्री एवं राष्ट्रपति, उपराष्ट्रपतिसम्मका अफर आउने र २०५२ सालको पुनरावृत्ति हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदीपक राज गिरीको चेतावनी:- मलाई महानायक भने फेसबुकमा ब्लक गर्छु
कात्तिक ३०, २०८१ शुक्रबार
एक्समा सर्वाधिक फलो गरिने विश्वको पहिलो नेता बने नरेन्द्र मोदी
साउन ५, २०८१ शनिबार
प्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार