भारतविरुद्ध इंग्ल्याण्डले पहिले ब्याटिङ, कसले पाए मौका
नेपालबहस संवाददाता
फागुन १२, २०७७ बुधबार २१:११:२५
१२ फागुन काठमाडौं । भारतसँगको टेष्ट क्रिकेट सिरिजको तेस्रो खेलमा पाहुना टोली इंग्ल्याण्डले टस जितेर ब्याटिङ रोजेको छ । यी दुई टिमबीचको तेस्रो टेष्ट २ः४५ बजेदेखि अहमदाबादस्थित मोटेरा क्रिकेट स्टेडियममा सुरु भएकाे छ ।
तेस्रो टेष्टमा इंग्ल्याण्डले प्लेइङ–११ मा चार र भारतले दुई खेलाडी परिवर्तन गरेको छ । तेस्रो टेष्ट भारत–इंग्ल्याण्ड दुवै टिमका लागि निकै महत्वपूर्ण छ ।
आईसीसी विश्व टेष्ट च्याम्पियनसिप फाइनलमा पुग्ने सम्भावना जिवितै राख्न दुवै टिमलाई तेस्रो टेष्ट जित्नै पर्ने दबाब छ ।
तेस्रो टेष्टमा हार ब्यहोर्ने टिम च्याम्पियनसिपको फाइनल दौडबाट बाहिरिने छ । म्याच ड्र भएमा इंग्ल्यान्ड च्याम्पियनसिपको फाइनल पुग्नबाट बाहिरिने छ ।
जुन महिनामा लड्समा हुने च्याम्पियनसिप फाइनलमा न्यूजिल्याण्ड भने यसअघि नै प्रवेश गरिसकेको छ । फाइनलमा न्यूजिल्याण्डसँग खेल्न भारत, इंग्ल्यान्ड र अष्ट्रेलियामध्ये एक टिम प्रवेश गर्ने छ । चार खेलको सिरिज अहिले १(१ को अवस्थामा छ ।
पहिलो म्याचमा २ सय १७ रनको फराकिलो हार ब्यहोरेको भारतले दोस्रो टेष्टमा भने उत्कृष्ट ‘कमब्याक’ गर्यो ।
दोस्रो टेष्टमा भारतले इंग्ल्याण्डलाई ३ सय १७ रनले हराएको थियो । सिरिजको पहिलो दुई टेष्ट चेन्नईमा भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई दियो १०४ रनको लक्ष्य, भीम शार्की ३१ रनमै आउट
मंसिर २६, २०८१ बुधबार
आजको खेल जित्नैपर्ने दवावमा लुम्बिनी, टस जितेर ब्याटिङ गर्दै काठमान्डु गुर्खाज
मंसिर २६, २०८१ बुधबार
जनकपुरको अपराजित यात्रामा पुर्णविराम, सुदूरपश्चिमसँग ७२ रनले पराजित
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
गढीमाई मेलामा चोरहरूको बिगबिगी, चोर-पकेटमारसँग प्रहरीको ठेक्कापट्टा !
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
मंसिर २५, २०८१ मंगलबार
गौं हत्याको आरोपीविरुद्ध पक्राउ आदेश जारी
मंसिर २५, २०८१ मंगलबार
अत्यधिक चिसोले मुस्ताङमा पानी जम्न थाल्यो
मंसिर २६, २०८१ बुधबार
भर्तामा आधुनिक प्रसूति सेवा केन्द्र बन्दै
मंसिर २६, २०८१ बुधबार
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लोकसेवामार्फत कर्मचारी पदपूर्ति गरिँदै
मंसिर २६, २०८१ बुधबार
दुर्घटनामा परी घाइते भएका बुढाको मृत्यु
मंसिर २६, २०८१ बुधबार
लगातार घटेको नेप्से बुधबार २७ सयमाथि उक्लियो, कारोबार रकम भने ५ अर्ब ५ करोडमा सीमित
मंसिर २६, २०८१ बुधबार