मधेशवादी दलले मधेश र मधेशी जनताको पक्षमा काम गर्न नसक्ने : वरिष्ठ नेता पौडेल
नेपालबहस संवाददाता
फागुन १२, २०७७ बिहिबार २:२४:८
१२ फागुन, लहान । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरी मुलुकलाई संकटबाट जोगाएको बताएका छन् । सिराहामा आज पार्टीका अगुवा र कार्यकर्तासँगको भेटघाटका क्रममा वरिष्ठ नेता पौडेलले संवैधानिक इजलासबाट भएको संसद विघटन खारेजीको फैसलाले देशलाई राजनीतिक अस्थिरताबाट जोगाएको बताएका हुन् ।
“सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि मुलुकमा लोकतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको थियो”, पौडेलले भने, “अदालतको इजलासले खतराबाट जोगाएको छ, त्यसबाट संविधानवादको रक्षा भएको छ ।” न्यायालयले जनता, संविधान र कानूनी राज्यको पक्षमा निर्णय गरेको उनको कथन थियो ।
नेपालमा राजनीतिक स्थायित्व, प्राप्त उपलब्धिको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षामा आफ्नो पार्टी केन्द्रित रहेको उल्लेख गर्दै उनले मुलुकको बदलिँदो परिस्थितिमा कांग्रेसले लोकतान्त्रिक पद्धति, सङ्घीय पद्धतिको रक्षाका लागि दृढतापूर्वक अघि बढ्ने बताए । मधेशलाई बचाउने र जोगाउने काम नेपाली कांग्रेस मात्र गर्नसक्ने दाबी गर्दै उनले मधेश र कांग्रेस एक अर्काबीच पारिस्परिक सम्बन्ध रहेको जिकिरसमेत गरे ।
मधेशवादी दलहरु मधेशको मुद्दा छोड्नुको साथै आफ्नो पार्टीको नाममा पनि मधेशी शब्द छोडेको आरोप लगाउँदै मधेशवादी दलले मधेश र मधेशी जनताको पक्षमा काम गर्न नसक्ने टिप्पणी गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
अविरल वर्षा: देशका विभिन्न नदीमा जलसतह खतरास्तर नजिक
असोज १२, २०८१ शनिबार
झापामा खोलाले बगाएर तीन जना बेपत्ता
असोज १२, २०८१ शनिबार
त्रिशूली नदीले एक्साभेटर र टिप्पर बगायो
असोज १२, २०८१ शनिबार
कुलेखानी ड्याम भरिएपछि २ वटा ढोका खोलियो
असोज १२, २०८१ शनिबार
नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भासियो
असोज १२, २०८१ शनिबार
आजको मौसम: बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा भारी वर्षा
असोज १२, २०८१ शनिबार