शिवरात्रिको अवसरमा ताण्डव नृत्य प्रतियोगिता
नेपालबहस संवाददाता
फागुन १३, २०७७ बिहिबार १७:९:१६
१३ फागुन,झापा । पूर्वको पशुपतिनाथ ‘अर्जुनधारा जलेश्वरधाम’मा यस वर्षको महाशिवरात्रि पर्वका अवसरमा प्रदेश नं १ स्तरीय एकल ताण्डव नृत्य तथा गायन प्रतियोगिता हुने भएको छ । यही फागुन २७ गते महाशिवरात्रिका दिन ‘एक साँझ शिवका माझ’ कार्यक्रमअन्तर्गत सो प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद पुरस्कार क्रमशः रु ५१ हजार, रु ३१ हजार र रु २१ हजार तथा सान्त्वना हुने दुई जनालाई जनही रु पाँच हजार पुरस्कार प्रदान गरिने धाम समितिका अध्यक्ष नवीन गट्टानीले बताएका छन् । उनका अनुसार एकल शिव भजन गायन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद पुरस्कार क्रमशः रु ३१ हजार रु २१ हजार र रु ११ हजार तथा सान्त्वना हुने दुई जनालाई जनही रु दुई हजार प्रदान गरिने छ ।
प्रतियोगितामा सहभागी हुने प्रतियोगीले ताण्डव नृत्यका लागि रु एक हजार र शिव भजनका लागि रु ५०० शुल्क बुझाउनुपर्ने समितिका कोषाध्यक्ष मनोज जोशीले बताए । दुवै प्रतियोगिताको अडिशन ९प्रारम्भिक छनोट० २५ र २६ गते हुने बताइएको छ । दुवै विधामा ५० ५० जना सहभागी हुने अपेक्षा गरिएको उनको भनाइ छ ।
अडिसनबाट अन्तिम १० जनालाई छनोट गरिने तथा जसमध्ये ५ जनालाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । यस कार्यक्रम सम्पन्न गर्न कम्तिमा रु ५ लाख खर्च हुने कोषाध्यक्ष जोशीले बताए । धाममा २५ गते बिहान ९ बजे यज्ञ समुद्घाटन, २६ गते यज्ञ, पूजा, पाठ, हवन, रुद्राभिषेक, प्रवचन, भजन कीर्तन र २७ गते भक्तजनद्वारा जलेश्वर नाथको पूजा आराधना, जलाभिषेक, तिलक प्रसाद, धार्मिक प्रवचन साथै चार प्रहर पूजा, विशेष रुद्राभिषेक, श्रृङ्गार, आरतीलगायत हुने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार