सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै वीरेन्द्रनगरमा प्रदर्शन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
फागुन १३, २०७७ बिहिबार १८:४४:२१
![](https://nepalbahas.prixacdn.net/media/albums/pradasn_ug4AC6WfGS.jpg)
१३ फागुन, वीरेन्द्रनगर । ठेकेदारले निर्माणमा ढिलासुस्ती गरेको भन्दै स्थानीयवासीले वीरेन्द्रनगरको मुख्य सडकमा आवागमन अवरुद्ध पारेका छन् ।
वीरेन्द्रनगर–६ स्थित आइएमई चोकबाट हटियालाइन हुँदै घण्टाघरतर्फ जाने सडक आसपासका स्थानीयवासीले ठेकेदार कम्पनीले लामो समयदेखि निर्माणमा बेवास्ता गरेकाले यातायात अवरुद्ध पारेका हुन् । स्थानीयवासीले सडकमा ठूल्ठूला ढुङ्गा राखेर, तारजाली लगाएर सडक अवरुद्ध पारेका छन् ।
वीरेन्द्रनगर नगरपालिकाका अनुसार पिके कन्ट्रक्शनले निर्माणको जिम्मेवारी लिएको उक्त सडकको आगामी चैत मसान्तसम्म कालोपत्र सम्पन्न गरिसक्नुपर्नेछ । गत आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने कार्यदेश भए पनि कोभिड–१९ का कारण निर्माणकार्यमा असर पुगेको भन्दै ठेकेदारले आगामी चैत मसान्तसम्म म्याद थपको अनुमति लिएका छन् ।
स्थानीय कुसुम रावलले मुख्य सडककै स्तरोन्नतिमा ढिलाइ हुँदा आफूहरु बाध्य भएर बाटो नै बन्द गरेको बताएका छन् । “धूलोले सास्ती दिन थालेको महिनौं भइसक्यो, गाडीबाट ढुङ्गा उछिट्टएर बालबालिका घाइते हुनुका साथै पसलका सामानमा समेत क्षति पुगिरहेको छ”, उनले भने, “निर्माण व्यवसायीले तत्काल निर्माणको काम अघि नबढाउँदासम्म सडक सञ्चालन गर्न दिनौंँ ।” प्रदेश सरकारको आर्थिक सहयोगमा वीरेन्द्रनगर उपत्यकाभित्र विभिन्न ३६ सडकको निर्माण तथा स्तरोन्नति कार्य भइरहेको छ ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले ठेकेदारलाई तत्काल पानी छर्केर धूलो व्यवस्थापन गर्न लगाउने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
माघ २२, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
अर्थ मन्त्रालयले १९ अर्ब बराबरको स्रोत सहमति दिएपछि हुने भयो २६ आयोजनाको पुनर्निर्माण
फागुन ६, २०८१ मंगलबार
कम्बोडियाको संसद्मा खमेर रूज नरसंहार अस्वीकार विरुद्ध कानून पारित
फागुन ६, २०८१ मंगलबार
अमेरिकासँग आर्थिक वार्तामा प्रगति हुने मस्कोको अपेक्षा
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
प्रकृतिका बुवा भन्छन् : मैले छोरी गुमाए, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्
फागुन ६, २०८१ मंगलबार