कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को अध्यक्षमा फेम्बू चयन
नेपालबहस संवाददाता
फागुन १३, २०७७ बिहिबार २२:१३:४४
१३ फागुन,फुङ्लिङ । ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्षमा खगेन्द्र लिम्बू फेम्बू सर्वसम्मतिले चयन भएका छन् । अध्यक्षको चयनसँगै यही फागुन ३ गतेदेखि शुरु भएको दोस्रो चरणको पुनःगठन प्रक्रियाले आज पूर्णता पाएको हो ।
परिषद्का सदस्यसचिवमा कञ्चनजङ्घा उपभोक्ता समितिबाट मनकुमार राई र कोषाध्यक्षमा घुन्सा सेकाथुम उपभोक्ता समितिबाट फुपु छोवाङ शेर्पा सर्वसम्मतिका आधारमा छनोट भएको परिषद्का संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिएका छन् । उनका अनुसार फेम्बू कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तेस्रो कार्याकालका लागि परिषद्को अध्यक्षमा छनोट भएको छ ।
गत पुस ७ गतेदेखि परिषद्को पुनःगठन प्रक्रिया शुरु भएको थियो । दुईवटा समिति गठन प्रक्रिया पूरा गरेसँगै सुरक्षाको चुनौती आएको भन्दै गत पुस २४ गते पुनःगठन प्रक्रिया स्थागन गरेको थियो । परिषद् गठन प्रक्रियामा केही असन्तुष्ट पक्षले परिषद् पुनःगठन नियमावलीअनुसार नभएको भनेर तीन वटा उपभोक्ता समूह रद्द गरेर पुनःगठन गर्न माग गर्दै उच्च अदालत इलाममा तीनवटा मुद्दा दर्तासमेत भएको थियो । तर उच्च अदालत इलामले आन्तरिम आदेश जारी नगरेकाले गत फागुन ३ गतेदेखि पुनःगठन प्रक्रिया शुरु गरेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का सहायक कार्यक्रम संयोजक जितेन चेम्जोङले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार