अब तरकारी किन्न जाँदा पैसा हराउने र चोरिने डर छैन : सीईओ सुरेन्द्र भण्डारी
नेपालबहस संवाददाता
फागुन १३, २०७७ शुक्रबार २:११:३८
१३ फागुन, काठमाडौं । भेट्रान बैंकर सुरेन्द्र भण्डारीले तरकारी किन्न जाँदा पैसा हराउने र चोरिने डर नभएको बताएका छन् । कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका भण्डारीले ललितपुरस्थित ग्वार्को तरकारी तथा फलफूल बजारमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवाको विस्तारका क्रममा सो कुरा बताएका हुन् ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको प्रमुख आतिथ्य र सीईओ भण्डारी तथा आमन्त्रित व्यक्तिहरुको उपस्थितिमा सो क्यू आर स्ट्याण्ड तरकारी व्यवसायीहरुलाई हस्तान्तरण गरिएकाे छ । कुमारी बैंक लिमिटेडले नगद कारोबारको विकल्पमा आफ्नो मोबाइल एप मार्फत क्यूआर भुक्तानी गर्न सकिने डिजिटल प्रविधिलाई प्रवर्धन गर्दै आईरहेको छ ।
साे कार्यक्रममा बोल्दै सीईओ भण्डारीले भने “यस क्यूआर प्रणाली अन्तर्गतको भुक्तानीमा नगद बोक्नु नपर्ने, नगद हराउने/चोरी हुने सम्भावना नरहने, आफ्नो बैंक खाताबाट सिधै भुक्तानी गर्न मिल्ने जस्ता फाईदाहरु रहेका छन् । त्यसैगरी, व्यवसायीहरु हरेक दिन बिक्री गरिएको रकम जम्मा गर्न बैंक धाई राख्नुपर्ने तथा खुद्रा पैसा बोक्नुपर्ने झन्झटबाट पनि मुक्त हुनेछन् । उक्त सेवाको प्रयोग गर्दा अतिरिक्त शुल्क पनि लाग्ने छैन ” ।
क्यू आर कोड भुक्तानी मर्चेन्टको संख्या र पहुँच दिनानुदिन बढ्दै गईरहेको हुनाले सो प्रणाली नगदरहित कारोबारको एक उत्कृष्ट र भरपर्दो माध्यम बन्न जानेमा बैंक विश्वस्त रहेकाे बताइएकाे छ । डिजिटल भुक्तानीमा विश्वसनियता बढाउन र नगदरहित कारोबारलाई थप प्रोत्साहन गर्न बैंकले समय समयमा डिजिटल कारोबार सम्बन्धी सचेतना कार्यक्रमहरु समेत गर्दै आइरहेको छ । हालसम्म यस बैंकले ७३०० भन्दा बढी व्यापारीहरू डिजिटल भुक्तानी प्रकृयामा आबद्ध गराईसकेको छ ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटीएम, २५ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंकका ग्राहकलाई साई डेण्टल क्लिनिकका सेवाहरुमा आकर्षक छुट
असार २, २०८१ आइतबार
धेरै वाणिज्य बैंकले असारमा घटाए ब्याजदर, धेरै मुनाफा कमाउने नबिलले बढायो, ग्लोबलले घटायो
जेठ ३२, २०८१ शुक्रबार
टेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
सहकारी ठगी प्रकरणको छानबिन गर्न बनेको संसदीय समितिको कार्यविधि पारित
असार २, २०८१ आइतबार
विनियोजन विधेयकअन्तर्गत तीन मन्त्रालयका विभिन्न शीर्षकमा छलफल सम्पन्न
असार २, २०८१ आइतबार
मजदुर आन्दोलन, देशभर पेट्रोलियम पदार्थको वितरण ठप्प
असार २, २०८१ आइतबार
सरकारी निकायसँग भएका डकुमेन्टबाट सहकारी ठगीको छानबिन थाल्ने समितिको निर्णय
असार २, २०८१ आइतबार
पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार
असार २, २०८१ आइतबार
प्रेस स्वतन्त्रताको मर्म विपरीत, मिडिया काउन्सिल विधेयक
असार २, २०८१ आइतबार