मर्मत नहुँदा हुलाक कार्यालयको भवन जीर्ण

नेपालबहस संवाददाता
फागुन १४, २०७७ शुक्रबार १६:४३:१८

१४ फागुन,भरतपुर । चितवनको रामपुरमा रहेको इलाका हुलाक कार्यालयको भवन मर्मतसम्भार नहुँदा जीर्ण बनेको छ । विसं २०३१ देखि २०४१ सम्म सञ्चालित एआइडी परियोजनाका बेला निर्माण गरिएको भवन जीर्ण बनेको हो । जीर्ण भवनमा सेवा प्रवाहमा समस्या हुनुका साथै जोखिम बढ्दैै गएको छ ।
कार्यालयका निमित्त प्रमुख ओमबहादुर भुजेल भवन निकै जीर्ण भएकाले त्रासमा काम गर्नुपरेको बताउछन् । विसं २०६६ देखि सोही कार्यालयमा कार्यरत उनले उक्त भवनलाई २०७२ को भूकम्पले थप क्षति पुर्याएको बताए । हुलाक रहेको भवन र जग्गा कृषि तथा वन विज्ञान विश्वविद्यालयको हो । भवन मर्मत हुन नसक्नुमा विश्वविद्यालयको स्वामित्व नै प्रमुख कारण भएको भुजेलको भनाइ छ । अरुको भवन भएकाले मर्मतका लागि हुुलाक विभागले बजेट नदिएकाले भवन मर्मत हुन नसकेको उनले बताए ।
कार्यालयमा निमित्त प्रमुख भुजेल स्थायी कर्मचारी हुन भने अन्य दुई करारमा कार्यरत छन् । पहिलेको तुलनामा चिठ्ठीपत्र पनि कम आउने गरेको भुजेलको भनाइ छ । जिल्ला हुलाक कार्यालय चितवनका प्रमुख इमनाथ कँडेलले हुलाक विभागमा उक्त भवन मर्मतका लागि बजेट मागिएको जानकारी दिए । बजेट आएपछि मर्मत गरिने उनको भनाइ छ । यदि बजेट नआएमा र भवनमा बस्न समस्या भएमा हुलाक कार्यालयलाई भाडाको भवनमा सार्ने योजना बनाएको उनले बताए ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका कामु उपप्रशासक दिनेश अधिकारीले विश्वविद्यालयमा नै हुलाक कार्यालय चाहिएर स्थापना गरिएको बताउँदै कार्यालय अहिले पनि विश्वविद्यालयलाई अपरिहार्य भएकाले सहयोग गरिने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकरिब ३३ हजार वर्गमिटरमा ढुंगा विछ्याउँदै छ काठमाडौं महानगर
फागुन ९, २०८१ शुक्रबार
लदी पर्वमा माझी समुदायलाई सार्वजनिक बिदा
फागुन ९, २०८१ शुक्रबार
बागमती प्रदेशसभाः विधेयक छलफलका लागि समितिमा पठाइयो
माघ २६, २०८१ शनिबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
सन् २०२७ सम्म रक्षा क्षेत्रमा जिडिपीको २.५ प्रतिशत खर्च गर्ने बेलायती प्रधानमन्त्रीको घोषणा
फागुन १३, २०८१ मंगलबार
महाशिवरात्रीः पशुपतिमा बिहान २ बजेदेखि चारै ढोका खुला गरिने
फागुन १३, २०८१ मंगलबार
भारतीय सेनाका ६ जना पूर्वस्थल सेनाध्यक्ष नेपालमा
फागुन १३, २०८१ मंगलबार
भद्रपुर झापा गोल्डकप : आयोजक ब्लेजर्स फाइनलमा
फागुन १३, २०८१ मंगलबार