साइकल चढेर क्याम्पस र घर आवतजावत गर्ने विद्यार्थीलाई छात्रवृत्ति
नेपालबहस संवाददाता
फागुन १४, २०७७ शुक्रबार २०:४३:६
१४ फागुन, सुर्खेत । साइकल चढेर क्याम्पस र घर आवतजावत गर्ने विद्यार्थीले छात्रवृत्ति पाउने भएका छन् । सुर्खेतको सिद्धपाइला क्याम्पसमा साइकल चढ्ने विद्यार्थीले २५ प्रतिशत छात्रवृत्ति पाउने भएका हुन् ।
प्रदेश राजधानी वीरेन्द्रनगरमा रहेको उक्त क्याम्पसले साइकल चढेर क्याम्पस र घर आवतजावत गर्ने विद्यार्थीलाई मासिक शुल्कमा २५ प्रतिशत छुट गर्ने घोषणा गरेको छ ।
विद्यार्थीहरू हरेक दिन साइकल चढेर क्याम्पसमा आवतजावत गरेमा मासिक शुल्कमा २५ प्रतिशत छुट दिने व्यवस्था गरिएको क्याम्पस प्रमुख उपेन्द्र सुवेदीले बताए ।
यो अभियानले पर्यावरणीय सन्तुलनसँगै इन्धनको समेत बचत हुने सुवेदीको विश्वास छ । क्याम्पस प्रमुख सुवेदीका अनुसार साढे ४ सय विद्यार्थी अध्ययनरत सिद्धपाइला क्याम्पसमा ४-५ जना विद्यार्थीले मात्रै साइकल चढ्ने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार