वादी समुदायको माग पूरा गर्न प्रदेश सरकारलाई आग्रह
नेपालबहस संवाददाता
फागुन १४, २०७७ शुक्रबार २१:१७:३३
१४ फागुन,सुर्खेत । सुर्खेतस्थित विभिन्न नागरिक सङ्गठनले पाँच दिनदेखि आन्दोलनमा उत्रेका सीमान्तकृत वादी समुदायको माग पूरा अपिल गरेका छन् । मानवअधिकार र खाद्य सुरक्षाका क्षेत्रमा कार्यरत सङ्घ–सङ्गठनले कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्नामा बसेका ती समुदायका माग पूरा गर्न अपिल गरेका हुन् ।
खेतीयोग्य जमिनको माग गर्दै दैलेख, कालीकोट, जाजरकोट लगायत जिल्लाका वादी समुदाय यही फागुन १० गतेदखि आन्दोलित छन् । मानवअधिकार क्षेत्र सेवा केन्द्र (इन्सेक), मानवअधिकार रक्षक सञ्जाल, फियान नेपाल, मानवअधिकार यलायन्स, खाद्य अधिकार सञ्जाल, गैरसरकारी संस्था महासङ्घ, समाज जागरण केन्द्रलगायतले विज्ञप्तिमार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् । “खुला आकाशमुनि स–साना बालबालिकासहित अनिश्चितकालीन धर्नामा बसिरहेको घटनाका सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ, “पुस्तौँदेखि पिछडिएको, आधारभूत आवश्यकताबाट वञ्चित वादी समुदायका मागप्रति ऐक्बद्धता जनाउँदै माग पूरा गर्न प्रदेश सरकारसँग अपिल गर्दछौँ ।”
नेपालको संविधानको मौलिक हकको धारा १६ मा बाँच्न पाउने हक, धारा १८ मा समानताको हक, धारा २० मा न्यायसम्बन्धी हक, धारा २४ मा छुवाछूत तथा जातीय विभेदविरुद्धको हक, धारा २९ मा शोषणविरुद्धको हक, धारा ३१ मा शिक्षाको हक, धारा ३६ मा खाद्य सुरक्षासम्बन्धी हक, धारा ३७ मा आवासको हकलगायतका हकअधिकारको प्रत्याभूति गरे पनि वर्षौंदेखि यस समुदायले आधारभूत अधिकारसमेत उपभोग गर्न नपाएको विज्ञप्तिमा उल्लेख छ ।
सरकारले घोषणा गरेको समृद्ध नेपाल, सुखी नेपाली र कर्णाली प्रदेश सरकारको समृद्ध कर्णाली सुखारी कर्णालीवासीको परिकल्पना साकार पार्न सीमान्तकृत समुदायको हकअधिकार सुनिश्चिता नहुँदासम्म यो नारा सफल हुन नसक्ने नागरिक समाजको ठहर छ । वादी समुदायले जीविकोपार्जनको माध्यम केही नभएको जनाउँदै खेतीयोग्य जमिनको व्यवस्था मिलाउन प्रदेश सरकारसँग आग्रह गरेका छन् । स्थानीय तहका नीतिका कारण आफूहरुको परम्परागत पेशा सङ्कटमा परेको ती समुदायका गुनासो छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
बालकृष्णको ‘चपुर घुम्न जाउँ...’ गीत सार्वजनिक
मंसिर ११, २०८१ मंगलबार
न्यायाधीश नियुक्तिबारे न्याय परिषदमा छलफल सुरु
मंसिर ११, २०८१ मंगलबार
खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई
मंसिर ११, २०८१ मंगलबार
विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्या : राष्ट्रसंघ
मंसिर ११, २०८१ मंगलबार