भोलिदेखि दाङमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
नेपालबहस संवाददाता
फागुन १४, २०७७ शनिबार २:३०:५५
१४ फागुन, तुलसीपुर । नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा दाङको तुलसीपुरमा शनिबारदेखि खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सबैका लागि खेलकुद,खेलकुदमा बैज्ञानिक नया संरचना र आमूल परिबर्तन भन्ने मुल नाराका साथ दाङमा खुल्ला भलिबल प्रतियोगिता सन्चालन गर्न लागिएको महासंघका केन्द्रीय महासचिव विनोद चन्दले बताए ।
नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा यहि फागुन १५ देखि १८ सम्म प्रतियोगिता संचालन गर्ने गरि सबै तयारी सकिएको आयोजकले बताएको छ । भलिबल प्रतियोगिताको माध्यमबाट नया क्षमता र प्रतिभाहरु प्रस्फुटन हुने एबम खेलकुद बिकासमा प्रतियोगिताले महत्वपुर्ण भुमिका निर्बाह गर्ने उद्देश्य रहेको महासंघका महासचिब चन्दले बताए ।
प्रतियोगितामा सहभागी प्रतिष्पर्धीलाई दर्ता बापतको शुल्क ५ हजार लिने निर्णय भएको आयोजकले बतायो । केही दिन अगाडि घोराहिमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव चन्दले प्रथम हुने समुहलाइ नगद १ लाख सहित शिल्ड मेडल प्रमाणपत्र,दोस्रो हुने समुहलाइ ५० हजार,तेस्रो हुने समुहलाइ २५ हजार र चौथो हुने समुहलाइ १५ हजार रुपैया नगद शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले बताएको छ ।
यस्तै प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने एक जनालाइ सम्मान स्वरुप ५ हजार प्रदान गरिने छ । उत्कृष्ट स्पाइकर,उत्कृष्ट सेटर,उत्कृष्ट डिफेन्डर र उत्कृष्ट क्विकरलाइ सम्मान स्वरुप ३र३ हजार रुपैयाले सम्मान गरिने महासंघले जनाएको छ । यस्तै प्रतियोगिता तुलसिपुरको अरनिको मैदान हुने छ भने फागुन १५ गते हुने उद्घाटन कार्यक्रममा उपस्थितिका लागि महासंघले सबै खेलप्रेमी जनसमुदायमा अपिल समेत गरेको छ ।
महासंघले यश अगाडि समेत विभिन्न कार्यक्रम गर्दै आईरहेको थियो भने हाल दाङमा कार्यक्रम आयोजना गरिएको अध्यक्ष जयन्द्र चन्दले बताए । फागुन १५ देखि शुरु हुने कार्यक्रमको सम्पुर्ण तयारी सकिएको अध्यक्ष चन्दले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुकुटेमा राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने
मंसिर ६, २०८१ बिहिबार
गुआर्डिओलाले म्यानचेस्टर सिटीमा सम्झौता नवीकरण गर्ने
मंसिर ६, २०८१ बिहिबार
आईजीपी रनिङ्ग कप पुरुष भलिबल प्रतियोगिता सुरू
कात्तिक ७, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत
मंसिर १०, २०८१ सोमबार
धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
मंसिर १०, २०८१ सोमबार
विश्वमा हरेक १० मिनेटमा एक महिलाको मृत्यु : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार
कुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार